काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी दर्ता भएको छ ।
नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल तथा नेताहरू योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध भ्रष्टाचारको उजुरी दर्ता गरेको हो ।
अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित गिरीबन्धु टी स्टेटको जग्गा ऐन संशोधन गरेर हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता भएको छ ।
यस्तै कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालविरुद्ध तथा नेपाल भ्रमण वर्ष २०२० को नाममा व्यापक अनियमितता गरेको आरोपमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरुद्ध उजुरी दर्ता भएको अख्तियारले जनाएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु