प्रेस चौतारी नेपालको आसन्न ९औं महाधिवेशनको लोगो सार्वजनिक गरिएको छ । यही फागुन २७ र २८ गते पोखरामा आयोजना हुने महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक गरिएको हो ।
नेकपा एमालेका उपमहासचिव, प्रचार विभाग प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले महाधिवेशन मूल व्यवस्थापन समिति बैठकमा लोगो सार्वजनिक गरे । लोगो सार्वजनिक पछि बैठकमा बोल्दै इन्चार्ज गुरुङले प्रेस चौतारी एमालेको २२ वटा जनसंगठनमध्येमा सबैभन्दा व्यवस्थित र गतिशिल जनसंगठन हुने विश्वास आफूले लिएको बताए ।
‘व्यवस्थितको नमूना सबैभन्दा पहिले भव्यतवरबाट महाधिवेशन सम्पन्न गरेर पेस गर्नु पनि हो,’ उनले भने, ‘स्वाभिमानको कुरा छ । गण्डकी प्रदेशको राजधानीमा महाधिवेशन आयोजना हुँदै छ यसअघि मोफसलमा आयोजना भएका भन्दा राम्रो गर्नुपर्छ ।’
पोखरामै महाधिवेशन गर्नुको कारण यहाँको पर्यटन अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने अपेक्षा सहित आयोजना तय गरिएको सुनाए । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष एवं महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले महाधिवेशनलाई सबै पक्षबाट उदाहरणीय बनाउन योजनाका साथ अघि बढेको बताए । समितिमार्फत गठित विभिन्न उपसमितिले महाधिवेशन तयारी कार्य थालिसकेको संयोजक पाण्डेले जानकारी दिए ।
मूल व्यवस्थापन समितिले महाधिवेशन तयारीका लागि गण्डकी प्रदेशका ११ वटै जिल्ला अध्यक्षसहितको बैठक आइतबार सम्पन्न गरेको छ । बैठकले ११ वटै जिल्लाका अध्यक्ष र कमिटीलाई समेत महाधिवेशनसम्बन्धी दायित्व बाँडफाँड गरेको छ । महाधिवेशनका निमित्त गठित उपसमिति, सचिवालय र जिम्मेवारीमा रहेका सबै सदस्यहरुलाई संयोजक पाण्डेले नतिजा देखिने गरी काम गर्न बैठकमा आग्रह गरे ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’