पोखरा । आगामी वैशाखमा हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता भएका छन् ।
पछिल्लो पटक थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको आयोगले जनाएको छ । यसअघि दश वटा राजनीतिक दलले निवेदन दिएका थिए ।
आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि फागुन ५ गते सूचना निकालेर यही १६ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो ।
आयोगका अनुसार अहिलेसम्म ६ वटा नयाँ दल पनि दर्ता भएका छन्। योसँगै आयोगमा दर्ता भएका दलको सङ्ख्या १०९ पुगेको छ।
सङ्घीय संसदमा प्रतिनिधित्व हुने र दलीय चुनाव चिह्न पाउने नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतले स्थानीय तह चुनावका लागि अहिलेसम्म दल दर्ताको निवेदन दिएका छैनन् ।
दर्ता भएका दल:
जनता प्रगतिशील पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
सामाजिक एकता पार्टी
नागरिक उन्मुक्ति पार्टी
नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली)
साझा पार्टी नेपाल
समावेशी लोकतान्त्रिक पार्टी
जनमत पार्टी
मंगोल नेशनल अर्गनाइजेशन
नेपाल मजदूर किसान पार्टी
राष्ट्रिय नागरिक पार्टी
नेपाल लोकतान्त्रिक पार्टी
देशभक्त समाज
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
तराई मधेश लोकतान्त्रिक पार्टी
मौलिक जरोकिलो पार्टी
बहुजन एकता पार्टी नेपाल
वैज्ञानिक समाजवादी पार्टी
नेपाल सदभावना पार्टी
नेकपा (एकीकृत समाजवादी)
राष्ट्रिय प्रजातन्त्र पार्टी
तामाङसालिङ लोकतान्त्रिक पार्टी
नेपाल समावेशी पार्टी
राष्ट्रिय जनमोर्चा
राष्ट्रिय विकास पार्टी
नेपाल परिवार दल
खुम्बुवान राष्ट्रिय मोर्चा
नेपाल संसदीय समाजवादी पार्टी
सचेत नेपाली पार्टी।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु