स्वर्गीय नेता रविन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ। अधिकारीको नाममा स्थापना भएको रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले सो पुरस्कार स्थापना गर्न लागेको हो ।
स्व. अधिकारीको तेस्रो स्मृति दिवसका सन्दर्भमा शनिवार पोखरामा आयोजित रबिन्द्र अधिकारी र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो। उक्त प्रतिष्ठानका अध्यक्ष समेत रहेकी एमाले केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य एवं स्वर्गीय अधिकारीकी धर्मपत्नी बिद्या भट्टराई अधिकारीले रविन्द्रले विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानलाई आम जनतासम्म पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने , विकासका र पर्यटन क्षेत्रमा कलम चलाउने संचारकर्मीलाई सम्मान स्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिइन् ।
उनले पुरस्कार यस वर्षबाट रु. २५ लाखको अक्षय कोष स्थापना गरी शुरूवात गरिने बताउँदै अधिकारीको जन्म दिन बैशाख २२ को अवसर पारेर उक्त पुरस्कार प्रदान गरिने बताइन।
प्रतिस्ठानका महासचिव धनराज आचार्यले तेस्रो स्मृति दिवस यस वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी त्रिदिवसीय रुपमा मनाउन लागिएको बताए । जसअनुसार फागुन १४ गते दिउँसो ४ बजे रबिन्द्र अधिकारी र मिडिया बिषयमा अन्तरक्रिया कार्यक्रम भइसकेकाे छ ।
फागुन १५ गते बिहान आठ बजे सहिद स्मृति पार्कमा स्वर्गीय अधिकारिको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली कार्यक्रम र सोही दिन पोखरा उद्योग बाणिज्य संघको हलमा बिहान एघार बजे रबिन्द्र स्मृति दिवस समारोह, फागुन १६ गते बिहान ११ बजे पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी राजनीति, विकास र रविन्द्र अधिकारी बिषयमा परिसम्वाद कार्यक्रम आयोजना गरिएको आचार्यले जानकारी दिए।
कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री बिनोद प्रतीक ,अग्रज पत्रकार पुण्य पौडेल , पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रतिष्ठानका सदस्य सुष्मा पौडेल लगायतका संचारकर्मीहरुले रबिन्द्रले संचार लगायत विविध क्षेत्रमा पुर्याएको योगदानको बारेमा स्मरण गरेका थिए । स्व. अधिकारी मिडियामैत्री नेताका रूपमा सबैले स्मरण गरे ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ