स्वर्गीय नेता रविन्द्र अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ। अधिकारीको नाममा स्थापना भएको रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले सो पुरस्कार स्थापना गर्न लागेको हो ।
स्व. अधिकारीको तेस्रो स्मृति दिवसका सन्दर्भमा शनिवार पोखरामा आयोजित रबिन्द्र अधिकारी र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी दिइएको हो। उक्त प्रतिष्ठानका अध्यक्ष समेत रहेकी एमाले केन्द्रिय सदस्य, प्रतिनिधि सभा सदस्य एवं स्वर्गीय अधिकारीकी धर्मपत्नी बिद्या भट्टराई अधिकारीले रविन्द्रले विभिन्न क्षेत्रमा पुर्याउनु भएको योगदानलाई आम जनतासम्म पुर्याउन महत्वपूर्ण योगदान पुर्याउने , विकासका र पर्यटन क्षेत्रमा कलम चलाउने संचारकर्मीलाई सम्मान स्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिइन् ।
उनले पुरस्कार यस वर्षबाट रु. २५ लाखको अक्षय कोष स्थापना गरी शुरूवात गरिने बताउँदै अधिकारीको जन्म दिन बैशाख २२ को अवसर पारेर उक्त पुरस्कार प्रदान गरिने बताइन।
प्रतिस्ठानका महासचिव धनराज आचार्यले तेस्रो स्मृति दिवस यस वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी त्रिदिवसीय रुपमा मनाउन लागिएको बताए । जसअनुसार फागुन १४ गते दिउँसो ४ बजे रबिन्द्र अधिकारी र मिडिया बिषयमा अन्तरक्रिया कार्यक्रम भइसकेकाे छ ।
फागुन १५ गते बिहान आठ बजे सहिद स्मृति पार्कमा स्वर्गीय अधिकारिको शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जली कार्यक्रम र सोही दिन पोखरा उद्योग बाणिज्य संघको हलमा बिहान एघार बजे रबिन्द्र स्मृति दिवस समारोह, फागुन १६ गते बिहान ११ बजे पृथ्वीनारायण क्याम्पसमा विद्यार्थी राजनीति, विकास र रविन्द्र अधिकारी बिषयमा परिसम्वाद कार्यक्रम आयोजना गरिएको आचार्यले जानकारी दिए।
कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री बिनोद प्रतीक ,अग्रज पत्रकार पुण्य पौडेल , पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रतिष्ठानका सदस्य सुष्मा पौडेल लगायतका संचारकर्मीहरुले रबिन्द्रले संचार लगायत विविध क्षेत्रमा पुर्याएको योगदानको बारेमा स्मरण गरेका थिए । स्व. अधिकारी मिडियामैत्री नेताका रूपमा सबैले स्मरण गरे ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’