बसन्तपुरमा चीर ठड्याइयो, सुरु भयो फागु अर्थात् होली पर्व

बसन्तपुरमा चीर ठड्याइयो, सुरु भयो फागु अर्थात् होली पर्व

holi-chir

काठमाडौं । काठमाडौंको बसन्तुपुरमा आज चीर ठड्याइएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज बिहान ७ बजेको शुभ साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको तीन तले चीर ठड्याएका हुन् ।

होलीलाई असत्यमाथि सत्यको विजयको रुपमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाउने गरिन्छ ।

यस वर्ष चैत ३ गते पहाडी तथा हिमाली भेगमा र ४ गते तराईमा होली मनाईदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds