पोखरामा फागुन २७ र २८ गते हुने प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । चौतारीको महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण रहेको महाधिवेशन मुल व्यवस्थापन समितिका संयोजक गणेश पाण्डेले बताए। महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन रुपमा छलफल हुने उनले जनाए ।
’प्रेस चौतारीको नवौं महाधिवेशन नीति र नेतृत्वको हिसाबले महत्वपूर्ण छ, महाधिवेशनमा अहिलेको सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन ढंगले बन्दसत्रमा छलफल हुन्छ’ उनले भने ।
नयाँ नेतृत्व चयन हुने भएकोले समेत यो महाधिवेशनलाई धेरैले चासोको रुपमा हेरेका छन् । महाधिवेशनबाट सर्वसम्मत ढंगले नयाँ नेतृत्व चयन हुने संयोजक पाण्डेले बताए । अहिलेको परिवर्तन पत्रकारितामा आएका चुनौतीहरुलाई बोक्न सक्ने खालको नयाँ नेतृत्व चयन गर्दै हार्दिकताका साथ सहमतिमै अधिवेशन सम्पन्न हुनेछ’ हालका उपाध्यक्ष समेत रहेका पाण्डेले भने ।
महाधिवेशनको अवसरमा ११ जना पत्रकारलाई पुरस्कृत गरिने भएको छ । जसअनुसार हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ बाट प्रेस चौतारीका पूर्व अध्यक्ष राजेन्द्र अर्याल तथा २०७८ बाट अर्का पूर्व अध्यक्ष गगन विष्टलाई प्रदान गरिने भएको छ ।
अग्निशिखा पत्रकारिता पुरस्कार २०७७ कृष्ण विनोद लम्साल तथा २०७८ बाट झलक सुवेदी पुरस्कृत हुनुहुने भएको छ । डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ सागर पण्डित र २०७८ हिरा परियारलाई प्रदान गरिनेछ । वीरेन्द्र साह क्रियाशिल पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौतम र २०७८ बाट अनुप तिवारी पुरस्कृत हुनुहुनेछ । चन्द्र न्यौपाने शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङ तथा पदम लक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार २०७७ अब्दुल्ला मिया र २०७८ शिवराज भट्टलाई प्रदान गरिनेछ ।
पोखरा सभागृहमा हुने महाधिवेशनको उद्घाटन फागुन २७ गते नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहनेछ । नवौं महाधिवेशनको सचिवालय बैठक तथा केन्द्रिय कमिटीको बैठक बिहिबार बस्दैछ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’