संखुवासभा बस दुर्घटनाः ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो 

संखुवासभा बस दुर्घटनाः ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो 

accident

संखुवासभा । संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई स्थानीय अस्पतालमा राखिएको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर माग गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छैन ।

बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँको सातघुम्ती भीरबाट ३ सय मिटर तल खसेको हो ।

दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds