पोखरा । आफ्नै आमाको हत्या गर्न लगाएको अभियोगमा प्रहरीले छोरासहित दुई जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -१२ शितलादेवी बस्ने ६७ वर्षीया नौंमाया नेपालीको हत्या अभियोगमा प्रहरीले आफ्नै जेठा छोरा ३६ वर्षीय ओम बहादुर नेपालीसहित कास्कीको मादी गाउँपालिका वडा नं -५ घर भइ हाल सोही स्थान बस्दै आएका ३७ वर्षीय कुमार गुरुङलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार ओम बहादुर वैदेशिक रोजगारीका लागि विदेश गएपनि सोचे जस्तो कमाई हुन नसकेपछि १ वर्ष अगाडि घर फर्किएका थिए। घरमै रहँदा कुलतमा लागेका उनलाई आर्थिक अभाव हुन थालेको थियो। त्यही बीचमा उनले आमा नौंमाया सँग घडेरी बेच्न दबाव दिन थाले तर, आमा नौंमायाले असहमती जनाएपछि उनले कुमार गुरुङलाई आर्थिक प्रलोभन देखाई आमाको हत्या गर्न लगाएका थिए।
आर्थिक प्रलोभनमा परेका गुरुङले चैत्र ३ गते राति साढे दश बजेको समयमा नौंमाया सुतिरहेको कोठामा प्रवेश गरी घाँटी थिचेर हत्या गरेका थिए। घटनाको सूचना पश्चात घटनास्थल पुगेको प्रहरीको टोलीले घटनाबारे अनुसन्धान अगाडि बढायो। प्रारम्भिक अनुसन्धानमा वृद्धाको घाँटीमा थिचेको जस्तो डाम देखिएको र अनुहारमा समेत आलो घाउ देखिएपछि गरिएको अनुसन्धानमा घटनामा छोरा ओम बहादुर नेपाली र कुमार गुरुङको संग्लनता देखिएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
हाल पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।
सम्बन्धित खबर
बुबाको हत्या आरोपमा छोरालाई कारागार
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
सुत्ने कोठामा ७१ वर्षीय वृद्ध मृत फेला, एक जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर