यू–१८ महिला साफ च्याम्पियनसिपमा नेपाल जितविहीन

यू–१८ महिला साफ च्याम्पियनसिपमा नेपाल जितविहीन

nepali football women-3

पोखरा । साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जितविहीन बनेको छ ।

भारतको जमसेदपुरमा बुधबार भएको चौथो खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै नेपाल जितविहीन बनेको हो ।

बंगलादेशको जितमा शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक एक गोल गरिन् ।

नेपालका अमिशा कार्कीले एक गोल गरिन् ।

खेलको चौंथो मिनेटमै अमिशाले गोल गरी अग्रता बनाएको खेलमा नेपालले अग्रता जोगाउन नसक्दा बंगलादेशसँग पराजित भएको हो ।

नेपाल जितविहीन बन्दै बाहिरिएको छ ।

च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो ।

बंगलादेशले ३ खेलमा ६ अङ्क जोडेको छ ।

उपाधिका लागि भारत र बंगलादेश खेल्ने भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds