पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश, म्यानेजरसँग १ लाख धरौटी माग

पल शाहलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश, म्यानेजरसँग १ लाख धरौटी माग

pal-shah

तनहुँ। जिल्ला अदालत तनहुँले नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

नावालिका करणी मुद्दामा बुधबार र बिहीबार वादी र प्रतिवादी कानुन व्यवसायीको थुनछेक बहसपछि जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालतका सुचना अधिकारी हरिशचन्द्र गौतमले बताए।

यस्तै, अदालतले पलका म्यानेजर भनिएका कृष्ण जोशीलाई एक लाख धरौटीमा रिहाको आदेश दिएको छ।

शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबर्जस्ती करणी गरेको आरोप लागेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार अभियुक्त पललाई बलात्कार र उनका म्यानेजर कृष्ण जोशीलाई मतियारका रूपमा अधिकतम सजाय माग गर्दै सोमबार जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds