पोखरा । अन्नपूर्ण गाउँपालिका १०/११ मा रहेको जनप्रेमी आधारभुत विद्यालयलाई ब्रेज मेश्रो घान्द्रुक समाज जापानले आर्थिक सहयोग गरेको छ ।
जिर्ण रहेको विद्यालयको व्यवस्थापन र संरक्षणको लागि ब्रेज मेश्रो घान्द्रुक समाज जापानले १ लाख ६६ हजार १ सय रुपैया सहयोग हस्तान्तरण गरेको हो ।
समाजका पूर्व अध्यक्ष बुद्धि गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर विक, प्राध्यानाध्यापक बाबुराम सापकोटा र विद्यालय निर्माण समितिका संयोजक सोम गुरुङलाई संकलित सो रकम हस्तान्तरण गरे ।
रकम ग्रहण गर्दै विद्यालयका प्रध्यानाध्यापक बाबुराम सापकोटाले सहयोगको लागि धन्यवाद प्रकट गरे । उनले विगतमा समेत घान्द्रुकबासीले उक्त विद्यालयको संरक्षणकै लागि सहयोग गर्दै आएको स्मरण गर्दै उदाहरणीय कार्य गरेको धारणा राखे ।
उनका अनुसार उक्त विद्यालयमा हात ८० विद्यार्थी अध्ययनरत छन् भने १० जना शिक्षकले अध्यापन गराउदै आएका छन् ।
यसैगरी घान्द्रुक समाज जापानका पूर्व अध्यक्ष बुद्धि गुरुङले आफ्नो गाउँको विद्यालयलाई सहयोग गर्न पाएको भन्दै खुशी व्यक्त गरे । उनले सो विद्यालयको संरक्षणका लागि मात्र नभई सिङ्गो गाउँ विकासको लागि सबैव सहयोग जुटाउने बचव दिए ।
यसअघि सो विद्यालयकै लागि घान्द्रुक समाज हङकङ, घान्द्रुक समाज बेलायत र घान्द्रुक समाज पोखराले आर्थिक सहयोग गरिसकेको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’