पोखराको नदीपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयमा वार्षिक शैक्षिक तथा खेलकुद पुरस्कार वितरणको त्रिदिवसीय कार्यक्रम सुरु भएको छ ।
पहिलो दिन विहीबार कक्षा नर्सरीदेखि कक्षा एक सम्मका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । शुक्रबार कक्षा २ देखि १० र शनिबार ११ र १२ का विद्यार्थीलाई पुरस्कृत गरिनुका साथै विशेष समारोह आयोजना गरिने विद्यालयले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विद्यालयका प्रिन्सिपल विश्वगोपाल पराजुलीले विद्यालयले व्यवहारिक र समय सान्दर्भिक गुणस्तरीय शिक्षा प्रदान गर्न अझै सक्रिय रहने बताए । साथै पुुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा शैक्षिक सत्र २०७६/७७ सालका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत उत्कृष्टता हासिल गरेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । संस्थाका निर्देशक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थापक सदस्य तारा केसीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
विद्यालयकी शिक्षिका जमुना गिरीले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन मन्टेश्वरी इन्चार्ज पद्मा अर्याल र शिक्षिका निर्मला सुवेदीले गरेका थिए । उक्त अवसरमा कक्षा १ का विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

शनिबार प्रतिभा सम्मान समारोह २०७८ अन्तर्गत प्रा. डा. अभि सुवेदीलाई प्रतिभा विशेष व्यक्तित्व पुरस्कार, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई प्रतिभा वर्ष पुरस्कार, उत्कृष्ट विद्यार्थीलाई प्रतिभा रत्न एवम् वार्षिक पुरस्कार वितरण कार्यक्रम हुने विद्यालयका निर्देशक किरण सापकोटाले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ