पोखरा । पोखराको लेकसाइडमा बुधबारदेखि १७ औं फेवा नव वर्ष महोत्सव हुने भएको छ। निशुल्क प्रवेश रहेको उक्त महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक होटल संघ पोखराले जनाएको छ । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा सहभागी भई नयाँ वर्षलाई स्वागत गर्न अव्हान गरेको छ । महोत्सव वैशाख १ गते सम्म चल्ने छ ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव संचालन गर्न लागिएको महोत्सव संयोजक एवं आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । स्थानीय फिस्टेल गेटदेखि हल्लनचोक विचको तीन किलोमिटर लामो सडकमा यो महोत्सव संचालन हुने छ । आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्दै कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य पनि महोत्सवले लिएको छ । कोभिडकै कारण लगातार दुई वर्ष स्थगित महोत्सवालाई पुनः निरन्तरता दिन लागिएको हो ।
नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । महोत्सवमा गीत संगीत अन्तर्गत चैत ३० गते ख्यातीप्रापत कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिती आले, शिबहरि ढुंगाना, सुरेन्द्र गुरुङ, सरला पाण्डे, गंगा पौडेल र सुमिना क्षत्रीको प्रस्तुती रहने छ ।
यसैगरी लाइभ ब्याण्ड तर्फ दिनेश ढकालद्वारा गायन साथै स्थानीय कलाकारको प्रस्तुती रहने छ।
सम्बन्धित खबर
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
२० औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ गते
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो