पोखरा । पोखराको लेकसाइडमा बुधबारदेखि १७ औं फेवा नव वर्ष महोत्सव हुने भएको छ। निशुल्क प्रवेश रहेको उक्त महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक होटल संघ पोखराले जनाएको छ । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा सहभागी भई नयाँ वर्षलाई स्वागत गर्न अव्हान गरेको छ । महोत्सव वैशाख १ गते सम्म चल्ने छ ।
नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रबद्र्धन गर्ने मुख्य उद्धेश्य सहित पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर महोत्सव संचालन गर्न लागिएको महोत्सव संयोजक एवं आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । स्थानीय फिस्टेल गेटदेखि हल्लनचोक विचको तीन किलोमिटर लामो सडकमा यो महोत्सव संचालन हुने छ । आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन गर्दै कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य पनि महोत्सवले लिएको छ । कोभिडकै कारण लगातार दुई वर्ष स्थगित महोत्सवालाई पुनः निरन्तरता दिन लागिएको हो ।
नेपालका मुख्य शहरहरुमा अंग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले लिएको छ । महोत्सवमा गीत संगीत अन्तर्गत चैत ३० गते ख्यातीप्रापत कलाकारहरु प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिती आले, शिबहरि ढुंगाना, सुरेन्द्र गुरुङ, सरला पाण्डे, गंगा पौडेल र सुमिना क्षत्रीको प्रस्तुती रहने छ ।
यसैगरी लाइभ ब्याण्ड तर्फ दिनेश ढकालद्वारा गायन साथै स्थानीय कलाकारको प्रस्तुती रहने छ।
सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’