पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बरालजीवनले कृषिर पर्यटनबाटै कास्की मादी गाउँपालिकाको जिवन स्तर उकास्न सकिने बताएका छन् । कास्कीको मादी गाउँपालिका वडा नम्बर ११ स्थित खिमाजेमा नव बर्षको अवसरमा आयोजित रमाइलो मेलाको एक समारोहका बिच बिहीबार उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
प्रतिभा माछापुच्छ्रे युवाक्लवको २२ औं बार्षिकोत्सवको अवसरमा आयोजित उक्त मेलाको उद्घाटन समारोहमा बोल्दै मन्त्री बरालले मादी गाउँपालिका कृषि र पर्यटनमा धेरै सम्भावना भएकोले गर्दा स्थानियको जीवन स्तर उकास्न विकासको पहिलो आधारमा कृषि र पर्यटन हुने दाबी गरेका हुन् । गण्डकी प्रदेशको राजधानि पोखरा मादी गाउँपालिका नजिक भएकोले पनि मादीमा उत्पादीत बस्तु र पोखरा आएका पर्यटकहरुलाई मादीसम्म लैजाने आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले पहलगर्ने उनको भनाई थियो । माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले माओबादीको नितीमा देश चले पनि त्यसको कार्यान्वयनको लागि नेतृत्व गर्न आवश्यक भएको बताए ।
मध्य पहाडी लोकमार्गले गर्दा पनि मादीको विकासमा थप सहज भएको बताउदै मन्त्री बरालले मादीको बस्तीहरु सम्म सडक संजाल पुराउन सके गाउँको बस्तीलाई समेत रोक्न सकिने बताए । क्लव स्तरिय भलिवल तथा भलिवल कोर्टको समेत उद्घाटन गर्दै मन्त्री बरालले नेपालले विश्वका शक्तिशाली देशलाई खेलबाट पराजित गर्न सक्ने भएकोले खेललाई महत्व दिनुपर्ने बताए ।
क्लवका अध्यक्ष चलचित्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा क्लवका संस्थापक तथा मार्दी गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्षमित्रबहादुर गुरुङ लगायतले बोलेका थिए ।
यसैबिच शनिबार सम्म चल्ने पुरुष भलिवल प्रतियोगिता अन्र्तगत बिहीबार ४ खेलहरु सम्पन्न भएको क्लवले जनाएको छ । स्थानिय भावना युवा क्लवलाई बराल डाँडा युवा क्लवले सोझो सेटमा पराजित गर्यो भने अर्को खेलमा नव बुद्ध युवा क्लवले आयोजक प्रतिभा माछापुच्छ्रे बीलाई पराजित गर्यो । त्यसै गरी आयोजक प्रतिभा ए को समुहले भगवतीटार युवा क्लवको टोलीलाई सोझो सेटमा पराजित गर्दा अर्को खेलमा भने माछापुच्छ्रे युवा क्लवले लम्तरी युवा क्लवलाई सोझो सेटमा पराजित गरेको हो । उक्त प्रतियोगितामा २२ टिमको सहभागिता रहेको अध्यक्ष गुरुङले बताए । प्रतियोगिताका विजेताले ५५ हजार ५ सय दोश्रो पुरस्कार भने ३५ हजार ५ सय रुपैया रहेको क्लवले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर