पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको आयोजनामा सम्पन्न सावित्री निर्माण सेवा कास्की लिगकम नकआउट फुटबल प्रतियोगितामा हेम्जा युनाईटेड क्लब च्याम्पियन बनेको छ।
पोखरा रंगशालामा आज (बिहिबार) भएको र्फाइनल खेलमा शितल ज्योती युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड क्लब च्याम्पियन बनेको हो।
४–४ गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। यसअघि खेलमा शितलज्योतीको तर्फबाट लिले गुरुङ, प्रतिक गुरुङले समान १ गोल गरेका थिए भने शहिल गुरुङले २ गोलको योगदान दिएका थिए।
यता च्याम्पियन बनेको युनाईटेड क्लबका लागि विशाल बिक, सागर कुँवर र मनिष थापा मगरले समान १ गोल गरेका थिए। भने शितलज्योतीको तर्फबाट १ आत्मघाती गोल भएको थियो।
उपाधि जितेको युनाईटेड क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ७५ हजार प्राप्त गर्याे। त्यसैगरी उपविजेता बनेको शितलज्योतीलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ५० हजार प्रदान गरेको खेल संयोजक नर प्रसाद गुरुङले जानकारी दिए। उनका अनुसार उक्त प्रतियोगिताबाट हेम्जा युनाईटेडका सन्तोष विक सर्वाेत्कृष्ट खेलाडी घोषित भए।
त्यसैगरी सोही क्लबकै सुरेश विक उत्कृष्ट गोलरक्षक, शितलज्योतीका सरोज विक उत्कृष्ट डिफेण्डर, सोही क्लबकै लिले गुरुङ उत्कृष्ट मिडफिल्डर र शितलज्योतीकै प्रतिक गुरुङ उत्कृष्ट फरवार्डका रुपमा ट्रफीद्वारा पुरस्कृत भए।
एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङका अनुसार विजेता टोलीले पोखरामा हुने दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा सिधै भाग लिन पाउने छ।
एन्फा कास्कीमा दर्ता रहेका जिल्लाभरका कुल २२ टिमको सहभागिता रहेको थियो। उक्त लिग गत २१ गतेदेखि पोखरा २५ हेम्जास्थित गौरीशंकर खेलमैदान र पोखरा रङ्गशालाको वैकल्पिक खेल मैदानमा सञ्चालन गरिएको थियो।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान