नेकपा एकीकृत समाजवादीबाट पोखरा महानगरपालिकाको मेयरमा १३ जनाको नाम सिफारिस भएको छ । आइतबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १३ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको सचिव होम नेपालीले जानकारी दिए ।
एकीकृत समाजवादीबाट जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, श्रीनाथ बराल, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेलगायतले नाम मेयरको उम्मेदवारका लागि सिफारिस भएको पार्टी स्रोतले जानकारी दिएको छ ।
‘आकांक्षी धेरै हुनुभयो । इच्छुक सबैको नाम उपल्लो कमिटीमा पठाइएको छ । अब अरु काम त्यहीँबाट हुन्छ,’ एक जिल्ला नेताले भने – ‘धेरैले नाम टिपाएपनि पार्टीले पोखरामा प्रमुख पायो भने पनि टिकट पाउनेमा धनराजकै अधिक सम्भावना छ । त्यसपछि, श्रीनाथ बरालको सम्भावना छ ।’
त्यस्तै, महाननगरको उपप्रमुखको उम्मेदवारका लागि ४ जनाले नाम दिएका छन् । जसमा जिल्ला सचिव होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङ रहेका छन् । ‘पोखराको मेयरमा हामीले पाउने चर्चा छ । तर, नपाए उपप्रमुख हाम्रो हुन्छ,’ सचिव नेपालीले भने ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ