पोखरा । नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश प्रसाद खरेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ अर्ब घोटाला भएको जिकिर गरेका छन् । पोखरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष खरेलले ९ अर्बमा निर्माण सम्पन्न हुने विमानस्थलको लागत २३ अर्ब पुर्याएर लोभीपापीहरुले १४ अर्व बाँडेर खाएको जिकिर गरे । यस्ता प्रकारका आर्थिक अनियमितताहरु दर्जनौँ आयोजनाहरुमा भैरहेको उनले बताए ।
मुलुकमा अहिले मानव र दानव तथा सत्य र असत्यको बीचमा लडाँई जारी रहेको बताए । अध्यक्ष खरेलले मुलुकलाई व्यक्तिगत स्वार्थ र कुशासनले खोक्रो बनाएको बताए । पूर्व डिआईजी समेत रहेका अध्यक्ष खरेलले यो देश क्रमशः चोर, पकेटमार र संगठित डाकाहरुको पञ्जामा पुगेको बताए । यसबाट उन्मुक्तिका लागि नेपाल सुशासन पार्टी वैकल्पिक शक्तिका रुपमा आएको अध्यक्ष खरेलले बताए । आगामी निर्वाचनमा देश लुट्ने संगठित अपराधीहरुलाई मत नदिन अध्यक्ष खरेलले अपिल समेत गरे ।
नयाँ पुस्ताको भविष्य उज्ज्वल बनाउनका साथै देश बचाउनका लागि आफूहरु अहोरात्र खटिने अध्यक्ष खरेलले विश्वास दिलाए । मुलुकमा जनताको सरकार नभएको उनले टिप्पणी समेत गरे । मुलुक दुखमा परेको बेला मनलाग्दी लुट्ने लुटेराहरुले देशलाई र्बबादी तर्फ धकेलिरहेको उनले आरोप लगाए । मुलुकको अर्थतन्त्र इतिहास कै कमजोर अवस्थामा पुगेको बताउदै उनले यसका कारण राष्ट्रिय अस्तित्व नै संकटमा परेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल सुशासन पार्टीका उपाध्यक्ष गोविन्दराज पोखरेलले वैकल्पिक राजनीतिका लागि आफुहरु मैदानमा उत्रिएको बताए । नेपाल सुशासन पार्टीका महासचिव गोविन्द गिरीले परिवर्तनका लागि मन र मत दुवै परिवर्तन आवश्यक रहेको बताए । पार्टीका केन्द्रिय सदस्य भुवन लामिछानेले राजनीतिक कुशासनका कारण नागरिक भएपनि अनागरिक जस्तो गरि बाँच्नु परेको बताए । अर्का केन्द्रिय सदस्य शम्भु सुस्केराले विवेकको मत विवेकपूर्ण ढंगले प्रदान गर्न आग्रह गरे । पार्टीका गोरखा जिल्ला अध्यक्ष टोप गुरुङले पुराना भनिएका पार्टीहरुले देशलाई कंगाल बनाएको आरोप लगाउँदै सुशासनका लागि आफ्नो पार्टीलाई रोज्न अपिल गरे ।
पार्टीका कास्की जिल्ला अध्यक्ष श्रीकृष्ण भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन तथा सहजीकरण संचारकर्मी मधु अधिकारीले गरेका थिए । पार्टी आगामी निर्वाचनका लागि आयोगले मकैको घोगा चुनाव चिन्ह प्रदान गरेको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’