पाेखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर १४ ले स्थानीय तह निर्वाचन परिचालनका लागि कमिटी गठन गरेको छ । जिल्ला कमिटी सदस्य एवं वडा इन्जार्ज बलबहादुर सेन्चुरीको संयोजकत्वमा ११ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
आइतबार र सोमबार बसेको वडास्तरीय भेलाले निर्वाचनमा वडाबाट उठ्ने जनप्रतिनिधिलाई जिताउन कमिटी गठन गरेर जिम्मेवारी बाँडफाँड भएको छ । निर्वाचन परिचालन कमिटीका संयोजक सेन्चुरी, सह–इन्चार्ज माओ थापा, ढालबहादुर गुरुङ र राजन कार्की छन् । सचिवमा कृष्णप्रसाद बराल, सह– सचिवमा पार्वती ढुंगाना र शाेभा भुजेल छन् । बैठकले जनवर्गाीय संगठबका अध्यक्षहरुलाई पदेन सदस्यको रुपमा रहेन गरेर निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
आन्तरिक निर्वाचनबाट वडाबाट अध्यक्षमा ३ जना सिफारिस भएका छन् । जसमा कृष्ण कुँवर (बटुकृष्ण), क्याप्टेन डेलबहादुर गुरुङ र नन्दकला नेपाली छन् । कृष्ण कुँवर एमाले १४ अध्यक्षसमेत हुन् ।
दलित महिलातर्फ ३ जना, खुला महिलातर्फ ३ जना र खुलातर्फ ६ जनाको नाम सिफारिस गरिएको छ । वडामा दलित तर्फबाट १, खुला महिला तर्फबाट १ र खुला तर्फबाट २ जना उम्मेदवार हुन्छन् । आन्तरिक निर्वाचनबाट दलित सदस्यतर्फ माया विक, शोभा विक र सृृजना सुनार सिफारिस भएका छन् । खुल्लातर्फ सदस्यमा गोपाल सापकोटा, जितेन्द्रजंग थापा, ढोलबहादुर गुरुङ, मानबहादुर भुजेल, यमबहादुर शाही र रामप्रसाद खतिवडा सिफारिस भएका छन् । खुला महिलातर्फ सुनमाया आले, यशोदा केसी भट्टराई र सरिता बास्तोला छन् ।
बैठकले वैशाख ३० गते हुने स्थानीय चुनावका लागि आर्थिक विभाग, प्रचारप्रचार विभाग र ८ वटा उपसमिटिहरु गठन गरेको छ । आर्थिक विभागको संयोजक क्याप्टेन डेलबहादुर गुरुङ र प्रचारप्रचार विभागको संयोजक पृथ्वी कुँवर छन् । संयोजक कुँवरका अनुसार वडामा प्रचारप्रचारका काम तिब्र पार्ने तयारी भएको छ । चुनाव प्रचारका लागि सोमबार नै क्षेत्र नम्बर १ र २ मा अगुवा कार्यकता भेला गरिएको एमाले पोखरा १४ का वडा अध्यक्ष कृष्ण कुँवार (बटुकृष्ण)ले जानकारी दिए । ‘१४ नम्बर वडालाई ८ वटा क्षेत्र नम्बरमा विभाजित गरेका छौं ।
यसमा १ र २ सकियो । अब बाँकी क्षेत्रहरुमा बुधबारदेखि अगुवा कार्याकर्ता भेला गरिन्छ,’ अध्यक्ष कुँवरले भने । अगुवा कार्याकर्ता भेला वडाको क्षेत्र नम्बर २ की अध्यक्ष सुनामाया आलेले गरेकी थिइन् । कार्यक्रममा अध्यक्ष कुँवर, जिल्ला कमिटी सदस्य तारामाया थापा, जिल्ला कमिटी सचिवालय सदस्य, बिजया सुवेदी, जिल्ला कमिटी वडा इन्चार्ज सेन्चुरी र गण्डकी प्रदेश सदस्य रुद्र खत्रीले आ–आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन ओमबहादुर क्षेत्रीले गरेकी थिइन् । कमिटी भेला स्थानीय चुनावसँग सम्बधित थियो । यसअघि २०७४ को निर्वाचनमा पोखरा १४ मा वडाध्यक्षसहित सबै सदस्य एमालेले जितेको थियो
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ