पोखरा । अटेरी अभियानको कार्ययोजनापत्र बिक्रीबाट ९६ हजार ७ सय ७० रुपैयाँ रकम उठेको छ । अभियानले सुरुआतदेखि नै चुनावी कार्ययोजनापत्र(घोषणापत्र)को बिक्रीबाट चुनावी खर्च जुटाउने गर्ने बताउँदै आएको थियो ।
अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्ययोजनापत्र बिक्री गरेर ९६ हजार ७ सय ७० रुपैयाँ उठेको जानकारी दिए । ‘चुनाव भनेको पैसै खन्याएर जित्ने हो भन्ने जुन परिपाटी बनेको छ । त्यसलाई भत्काउन, चुनावी खर्च मितव्ययी बनाउँदै । अहिलेसम्म चल्दै आएको चुनावी अभ्यास भत्काउन पनि हामीले चुनावी घोषणापत्र बिक्री गरेर चुनाव लड्ने निर्णय लिएका हौं,’ उनले भने, ‘हाम्रो लक्ष्य मन पराएर चुनावी घोषणापत्र बिक्री गरेरै यत्रो रकम उठाउन सकेका छौं ।’
अटेरीले पोखरा लक्ष्य कार्ययोजनापत्र २०७९ सार्वजनिक गरेपछि वडा वडामा पनि वडालक्ष्य सार्वजनिक गरि रहेको छ । स्थानीय तहलाई दलीय नबनाऔं भन्ने मुख्य उद्घोष सहित सुरु भएको यो अभियान अहिले देशव्यापी बनेको छ ।
हालसम्म देशभर ४२ सय ८७ जनाले उम्मेद्वारी घोषणा गरि सकेका छन् । पोखरामा मेयरसहित १८ जनाले अटेरी उम्मेद्वारी घोषणा गरि सकेका छन् । अटेरीले पोखराका वडा नम्बर ३, १४, २६ का वडालक्ष्य सार्वजनिक गरि सकेको छ ।
कार्ययोजनापत्रको मुल्य एक प्रति २५ रुपैयाँ तोकिएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर