पोखरा । अटेरी अभियानको कार्ययोजनापत्र बिक्रीबाट ९६ हजार ७ सय ७० रुपैयाँ रकम उठेको छ । अभियानले सुरुआतदेखि नै चुनावी कार्ययोजनापत्र(घोषणापत्र)को बिक्रीबाट चुनावी खर्च जुटाउने गर्ने बताउँदै आएको थियो ।
अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्ययोजनापत्र बिक्री गरेर ९६ हजार ७ सय ७० रुपैयाँ उठेको जानकारी दिए । ‘चुनाव भनेको पैसै खन्याएर जित्ने हो भन्ने जुन परिपाटी बनेको छ । त्यसलाई भत्काउन, चुनावी खर्च मितव्ययी बनाउँदै । अहिलेसम्म चल्दै आएको चुनावी अभ्यास भत्काउन पनि हामीले चुनावी घोषणापत्र बिक्री गरेर चुनाव लड्ने निर्णय लिएका हौं,’ उनले भने, ‘हाम्रो लक्ष्य मन पराएर चुनावी घोषणापत्र बिक्री गरेरै यत्रो रकम उठाउन सकेका छौं ।’
अटेरीले पोखरा लक्ष्य कार्ययोजनापत्र २०७९ सार्वजनिक गरेपछि वडा वडामा पनि वडालक्ष्य सार्वजनिक गरि रहेको छ । स्थानीय तहलाई दलीय नबनाऔं भन्ने मुख्य उद्घोष सहित सुरु भएको यो अभियान अहिले देशव्यापी बनेको छ ।
हालसम्म देशभर ४२ सय ८७ जनाले उम्मेद्वारी घोषणा गरि सकेका छन् । पोखरामा मेयरसहित १८ जनाले अटेरी उम्मेद्वारी घोषणा गरि सकेका छन् । अटेरीले पोखराका वडा नम्बर ३, १४, २६ का वडालक्ष्य सार्वजनिक गरि सकेको छ ।
कार्ययोजनापत्रको मुल्य एक प्रति २५ रुपैयाँ तोकिएको छ ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?