पोखरा । पोखरा २२ (पुम्दी–भुम्दी) को पुुम्दीकोटमा जारी महायज्ञमा १ करोड २१ लाख ५६ हजार रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत शुक्रबारसम्म उक्त रकम संकलन भएको महायज्ञका आर्थिक उपसमितिका सह–संयोजक निर्मल बरालले बताए ।
महायज्ञको छैटौं दिन करिब २१ लाख ५६ हजार रुपैया संकलन भएको समितिले जनाएको छ । शुक्रबार महायज्ञमा एक रोपनी १० आना २ पैसा ३ दाम को जग्गा दान भएको छ । उक्त जग्गा दान गर्ने पोखरा २२ ठुलास्वाँरा निवासी मेगनाथ बराल रहेका छन्।
त्यसै गरी महायज्ञमा पुम्दीकोटको होटल डम्बर प्रा.लि.बाट २ लाख ६१ हजार १ सय ११, पुम्दीकोटकै देउराली ग्रुपबाट २ लाख २७ हजार ७ सय ७७, पोखरा ६ बैदाम निवासी जमुना पहारीबाट २ लाख २५ हजार, स्याङजाको आधिखोला ३ स्थित ब्रतराज हरिकला प्रतिष्ठानबाट २ लाख २५ हजार रुपैया प्राप्त भएको समितिले जनाएको छ । त्यस्तै महायज्ञमा पोखरा २२ तल्लागाँउका दील बहादुर भुजेलबाट १ लाख २५ हजार, पोखरा ६ बैदाम निवासी ज्ञानेन्द्र पहारी र इन्दीरा पहारीबाट १ लाख १ हजार १ सय ७ रुपैया प्राप्त भएको भएको सहसंयोजक बरालले बताए । त्यस्तै पोखरा विरौटाको संकल्प आमा समुहबाट ४० हजार ८ सय ५, पोखरा १७ को नारायण फर्निचर उद्योगबाट ४० हजार, पोखरा १७ विरौटाको जाग्रिती टोल सुधार समितिबाट ३३ हजार ३ सय ३३, पोखरा १७ को घारीकुलो आमा समुहबाट ३० हजार ५० रुपैयो महायज्ञमा सहयोग प्राप्त भएको समितिले जनाएको छ ।

महायज्ञको छैटौं दिन दिउसो २ः०० बजे नै हावाहुरी सहित परेको पानीले गर्दा महायज्ञ प्रभावित भएको थियो । शनिबार भने सार्वजनिक बिदाको दिन भएकोले महायज्ञमा भक्तजनहरु पोखरा र पोखरा आसपासबाट ठुलो सङख्यामा उपस्थित हुने भएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
महायज्ञमा निकै कर्ण प्रिय ढंगबाट भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले कथा वाचन रहेका छन्। पोखराको पार्दी विरौटा (बराल फिड) देखि पुम्दीकोटसम्म जाने बसको व्यबस्था गरिएको समितिका उपाध्यक्ष हिमलाल बरालले बताए । महायज्ञमा बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन हुने गरेकोे उनले जनाए ।
सम्बन्धित खबर
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो