पोखरा। सवारी दुर्घटना पछि ट्रक चालक कुट्ने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी जिल्ला घर भइ हाल पोखरा महानगरपालिका -१९ लामाचौर बस्दै आएका ४३ वर्षीय मिन बहादुर मगर रहेका छन्।
गत शनिबार पोखरा-बागलुङ सडक खण्ड अन्तर्गत पर्ने पोखरा -५ फिर्केस्थित ट्रक र मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकल चालक मगरले ट्रकका चालकलाई कुटपिट गरेका थिए। कुटाई खाने ट्रकका चालक बाराका ३२ वर्षीय नवराज कार्की हुन्।
मगरले कुटपिट गरेको भिडियो सामाजिक संजालमा समेत भाइरल बनेको थियो। भिडियोमा कुटाई खाने चालक कार्कीले बिलौना गरी माफ माग्दै बचाउन आग्रह गरिरहँदा पनि मगरले लगातार उनीमाथि मुड्की बजारेको देख्न सकिन्छ। भिडियोमा सामाजिक संजाल प्रयोगकर्ताले चासो र चिन्ता व्यक्त गर्दै कुटपिट गर्ने मोटरसाइकल चालक विरुद्ध कारवाही हुनुपर्ने माग गरेका छन् । कुटपिटबाट घाइते कार्की गण्डकी मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज भएका छन्।
उता, चालक कुटिएको घटनामा दोषीमाथि कडा कारबाही गर्न ट्रक चालकहरुले पनि माग गरेका थिए। ट्रक चालकहरुको संस्था स्वतन्त्र चालक समाज सिमरा, सवारी चालक समाज धादिङ तथा नेपाली सवारी चालक समाज काठमाडौंले घटनामा दोषीमाथि कडा कारबाही नभए आगामी बैशाख १६ गतेदेखि आन्दोलन सुरु गर्ने जनाएका थिए।
घटनामा पीडितको जाहेरी पश्चात जिल्ला प्रहरी कार्यालय कास्कीले कुटपिट गर्ने चालक मगरलाई नियन्त्रणमा लिएर शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट १० दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।
यस्तो छ पीडितको जाहेरी


सम्बन्धित खबर
खगेन्द्र सुनारको अडियो सार्वजनिकपछि प्रहरीले आन्तरिक रूपमा बुझ्ने र निगरानी गर्ने काम अघि बढायो
८ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते