अवैध लागु औषध सहित स्याङ्गजाको राम्दीबाट पोखराका २ किशोर पक्राउ

अवैध लागु औषध सहित स्याङ्गजाको राम्दीबाट पोखराका २ किशोर पक्राउ

arrest

स्याङ्जा। गल्याङ नगरपालिका -१ राम्दीबाट नियन्त्रित लागु औषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
बुटबलबाट पोखरातर्फ आउंदै गरेको ना ४ ख ३८९४ नंवरको बसलाई पाल्पा र स्याङ्गजाको सिमाना राम्दी चेक प्वाइन्टमा खटिएको प्रहरीको टोलीले चेक जाँच गर्ने क्रममा लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका -१२ बस्ने २० वर्षीय अभिषेक सुनार र वडा नं -१३ निवासी १९ वर्षीय विमल थापा रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाईजेपाम २१ एम्पुल र सिरिञ्ज २ थान बरामद गरेको छ।
उनीहरुमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds