पोखरा । पर्यटकीय स्थल पोखरा २२ को पुुम्दीकोटमा १० दिन संचालन भएको महायज्ञमा ३ करोड ५२ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत मंगलबारसम्म संचालन भएको उक्त महायज्ञबाट सो रकम संकलन भएको महायज्ञका आर्थिक उपसमिति सह–संयोजक निर्मल बरालले बताए ।
महायज्ञको दशौं दिन (मंगलबार) मात्र करिब १५ लाख १९ हजार रुपैया संकलन भएको बरालले बताए । महायज्ञमा पोखरा १७ विरौटाका बिजय अधिकारी र तुलसी अधिकारीबाट १ लाख ८ हजार १ सय ८, पोखराका सनतकुमार श्रेष्ठबाट १ लाख १ हजार १ सय ११, पोखरा २२ लप्सिवोटका सौरवी पौडेल (सुर्य) बाट १ लाख १ सय ८, स्थानिय ढोरनाथ बरालबाट १ लाख रुपैया सहयोग प्राप्त भएको समितिले जनाएको छ । त्यसै गरी कालावाङ घरेडी पोखरा तमु समाजबाट ५७ हजार ७ सय ५५, पोखरा ६ बैदाम निवासी डा.सुवास बराल र राजु बरालबाट ५५ हजार ५ सय ५५, पोखरा ८ सिमलचौरका कृष्ण भुजेल र किरण भुजेलबाट ५५ हजार ५ सय ५५, पोखरा १७ निवासी दुर्गा पगेनीबाट ५१ हजार, अन्नपूर्ण ३ का कुशुम कुमार पौडेलबाट ५० हजार रुपैया महायज्ञको अन्तिम दिनमा सहयोग प्राप्त भएको आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए ।
वैशाख ४ देखि १२ गतेसम्म संचालन हुने भनिएको महायज्ञ दाताहरुको माग अनुसार एक दिन थप गरी १० दिनसम्म संचालन गरिएको समितिले जनाएको छ । महायज्ञको औपचारिक रुपमा समापन गर्दै समितिका अध्यक्ष चन्द्रकान्त बरालले महायज्ञ सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण दाता, स्थानिय, समितिका पदाधिकारी, शुभेच्छुक तथा मित्रजन तथा विभिन्न आमा समुह, क्लव सहितका विभिन्न संघ संस्थाहरुमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। सौहार्दपूर्ण रुपमा महायज्ञ सम्पन्न भएसंगै अब बिशाल महादेवको मुर्ति निर्माण अभियान पुनः तिव्र गतिमा अघि बढाउने आफुहरुको योजना रहेको अध्यक्ष बरालले बताए । बिशाल महादेवका अपुरा कार्य पूरा गर्न महायज्ञले थप बल पुगेको उनले जनाए ।
महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहेका थिए । दोश्रो पटक आयोजना गरिएको महायज्ञमा पनि दाता र शिवका भक्तहरुको उत्साहजनक रुपमा सहभागिता रहेको आर्थिक उपसमिति संयोजक डिल्लीराम बरालले बताए । दोश्रो महायज्ञबाट प्राप्त सहयोगलाई पारदर्शी ढंगले आवश्यक पर्ने भौतिक पुर्वाधार निर्माणमा आफुहरुले जोड दिने उपाध्यक्ष हिमलाल बरालले बताए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’