ओलीलाई बालकोट गएर ट्युसन पढाउँछुः गगन थापा

ओलीलाई बालकोट गएर ट्युसन पढाउँछुः गगन थापा

gagan thapa

file photo

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूहरुको घोषणापत्रले एमाले अध्यक्ष केपी शर्मा ओलीको झुटलाई चुनौती दिएकाले पागल भनेको बताएका छन् ।

ओलीले आफ्नो झुटलाई च्यालेन्ज गर्नेलाई विगतमा पनि पागल भनेको भन्दै थापाले भने, ‘उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई पागल भन्नुहुन्छ ।’
मंगलबार ओलीले कांग्रेसको घोषणापत्र ‘पागलहरुको प्रलाप’ भएको र एमालेलाई गाली गरेर एमालेकै घोषणाापत्रबाट चोरी गरिएको बताएका थिए ।

बुधबार पार्टीको सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले घोषणापत्रको सुरुवातमा नै खेर गएको पाँच वर्ष उल्लेख गरिएको र अघिल्लो सरकारको आलोचना गरेकाले ओलीलाई असह्य भएको बताए। ‘संकल्पपत्रको सुरुवातमै खेर गएको पाँच वर्ष शीर्षकमा हामीले अघिल्लो सरकारको आलोचना गरेका छौं। त्यहाँ उहाँको स्तुतीगान राख्ने कुरा पनि भएन। प्रसंशाको एकालाप सुन्ने बानी हुनुभएकाले उहाँले आलोचना सहन सक्नुभएन,’ उनले भने, ‘बूढाबा सनक्क सन्किँदै गर्दा शरीरलाई अप्ठ्यारो पर्न सक्छ।’

ओलीले लजिक नभई म्याजिक मन पराउने थापाले टिप्पणी गरे। ‘कन्टेन्टमा कमेन्ट गर्नुभयो कि, हाम्रा पनि केही कमजोरी भए कि भनेर सुन्दा त केही पनि रहेनछ। बरु हाम्रो घोषणापत्रमा केही पनि छैन भनिदिनुभएछ। ठिकै हो उहाँलाई लजिक मन पर्दैन, म्याजिक मन पर्छ। हाम्रो संकल्पपत्रमा म्याजिक छैन, लजिक छ,’ उनले भने।

ओलीले कांग्रेसले आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले ओलीले भनेको समृद्धि र कांग्रेसले भनेको समुन्नतिमा धेरै भिन्नता रहेको बताए । ‘अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु । समृद्धिको आइडिया चोरेर लगिदेला भनेर अनिदो नबस्नु समृद्धि तपाईंकै आइडिया हो ।’ थापाले भने, ‘तपाईंको समृद्धिमा अहंकारको भ्यूटावर छ । हाम्रो समुन्नतको आइडियामा भ्यूटावरबाट देखिने मान्छेको दुख हल गर्ने उपाय छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds