काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई ‘ट्युसन’ पढाउने सक्ने बताएका छन्।
आज बिहीबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले बिपीले स्थापन गरेको घोषणापत्र र अहिलेको घोषणापत्र कहाँ मिल्छ भनेर थापालाई ट्युसन पढाउने सक्ने बताएका हुन्।
उनले नेपाली कांग्रेससँग बीपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो अर्थात घोषणापत्र नै नभएको बताए। काठमाडौँमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई बालकोट नै पुगेर ट्युसन पढाउनुपर्ने बताएका थिए।
‘कांग्रेस यस्तो पार्टी हो, जोसँग बीपी कोइरालाले स्थापना गरेको मेनिफेस्टो नै छैन । केपी ओलीलाई बालकोटमा गएर ट्युसन पढाउँछु भन्ने महामन्त्रीजीलाई म ट्युसन पढाउन सक्छु,’ मल्लले भने ।
उनले बिपीले स्थापना गरेको मेनिफेस्टो र अहिलेको मेनिफेस्टो मिल्छ ? भनेर थापालाई ट्युसन पढाउन र बहस गर्न सक्ने दाबी गरे।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रूपमा सातौँ जिल्ला अधिवेशन तथा १४औं महाधिवेशन गरेको भन्दै मल्ल लामो समयदेखि रुष्ट थिए।
आसन्न स्थानीय तहको निर्वाचनमा उनले नेपाली कांग्रेस बिपीबाट चुनाव लड्ने भन्दै एमालेसँग गठबन्धन गरेपछि कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी उनलाई कारबाही गरिएको थियो।
सम्बन्धित खबर
बिप्लव पुत्रको बिहे जनवादीः इन्गेजमेन्ट पार्टी प्यालेसमा, रिसेप्सन होटलमा
नेपालबाट भैँसीको मासु लैजान चीन तयार
नेपाल-चीनबीच १३ बुँदे सम्झाैता र समझदारी पत्रमा हस्ताक्षर
मेयर बालेनको प्रश्न-‘संवादमा बोलाउँदा अभियन्ताहरू आएनन्, वार्ता उहाँका नेतासँग गर्नुपर्ने हो ?’
‘यो सरकारले सिन्को भाँचेन, जसरी पनि टिपेर मिल्काउनुपर्छ’ – ओली
एमालेले पार्टीका नाममा चलाइएका ‘फेक आइडी र पेज’ सञ्चालकलाई कारबाही गर्ने
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि