मिडियाकर्मी तथा फेशन कोरियोग्राफर अरुण गिरी राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् । राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको हातबाट उनले पार्टी सदस्यता लिएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय राजनीतिमा गरेको योगदान र सो पार्टीको विधान आफू अनुकूल लागेकोले स्वतस्फूर्त रुपमा राप्रपा प्रवेश गरेको गिरीले बताए । ‘सबैभन्दा पहिला कुनै पनि पार्टीमा औपचारिक रुपमा प्रवेश गर्नका लागि त्यो पार्टीको आस्थासँग आफ्नो आस्था मिल्न जरुरी हुन्छ । यसर्थमा मेरो आस्था यो पार्टीसँग मिल्यो । र, मेरो राजनीतिक जीवनको शुरुवात पनि यसरी नै भयो ।’ गिरीले भने–‘पार्टीको विधानमा रहेर पार्टीलाई बलियो बनाउने अभियानमा पनि दत्तचित्त भएर लाग्नेछु ।’
गिरीले धार्मिक, जातीय र साँस्कृतिक सहिँष्णुतालाई कायम राख्दै नेपाललाई हिन्दु राज्यको रुपमा स्थापित गर्ने पार्टीको लाइनलाई राजनीतिक रुपमा आफूले विशेष वकालत गर्ने बताए । ‘पार्टीको विधानमा रहेर पार्टीको मुख्य एजेन्डाहरुलाई स्थापित गर्ने कुरामा कुनै सम्झौता गर्नेछैन ।’ गिरीले भने ।
राप्रपा प्रवेश गरेका गिरी चलचित्र पत्रकार संघ कास्की शाखाको अध्यक्षसमेत हुन् । त्यो सँगै उनी संचार उद्यमी पनि हुन् । उनले मनोरञ्जन क्षेत्रसँग सम्बन्धित पत्रकारिता गर्दै आएका छन् । पोखराबाट उनले जक्शन डटकम नामक अनलाइन मिडिया संचालन गर्दै आएका छन् ।
राप्रपामा युवाहरुको आकर्षण बढेकाे छः लिङ्देन
पार्टी सदस्यको रुपमा गिरीलाई स्वागत गर्दै राप्रपाका अध्यक्ष लिङ्देनले पछिल्लो समय राप्रपामा युवाहरुको आकर्षण बढेको प्रतिक्रिया दिए ।
‘युवा पुस्तामाझ राप्रपाको आकर्षण बढेको कुरा अरुण गिरीको पार्टी प्रवेशले पनि पुष्टी गर्छ । यसरी नै हजारौँ, लाखौँ संख्यामा युवाहरु यो पार्टीमा आउने लहर चलेको छ । यो पार्टीको विरासत जोगाउने काम पनि युवा जमातले नै गर्नेछ ।’ लिङ्देनले भने ।
लिङ्देनले आगामी चुनावमा पनि राप्रपाले गतिलो मत ल्याएर देखाउने दाबी गरे । उनले राप्रपा, हिन्दु राष्ट्र राष्ट्र र संवैधानिक राजतन्त्रप्रति जनताको आशा बढेको बताए ।
गिरीलाई बुधबार राप्रपा कास्कीले पनि एक कार्यक्रमको आयोजना गरी बधाई तथा स्वागत गरेको छ ।

सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’