पोखरा । भूगोलको हिसाबले कास्कीकै ठूलो पालिका हो, मादी गाउँपालिका। मादीको नेतृत्व गर्न नेकपा (एमाले)बाट युवा नेता शिवबहादुर गुरुङ (महेन्द्र) चुनावी प्रचारप्रसारमा जुटेका छन्। पोखरा बस्ने मादी गाउँपालिकाका मतदाताबीच एमालेबाट उम्मेद्वार बनेकाको परिचयात्मक कार्यक्रम बिहीबार गरिएको छ।
एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीको विशेष उपस्थितिमा पोखरामा बस्ने मादी गाउँलेबीच अध्यक्ष, उपाध्यक्ष, १२ वटै वडाका वडाध्यक्ष र वडा सदस्य उम्मेद्वारको परिचयाच्मक कार्यक्रम गरिएको हो । मादी गाउँपालिकामा एमालेबाट प्रमुखमा महेन्द्र र उपाध्यक्षमा कल्पना गुरुङ उम्मेद्वार छन्।
कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार गुरुङले पछिल्लो पाँच वर्षमा एमाले नेतृत्वको पालिका सरकारले प्रशंसालायक काम गरेकाले गाउँबासीले फेरि एमाले रोज्ने दाबी गरे । पर्यटन, कृषि क्षेत्र विकास, युवालाई उद्यमी बनाउने कार्यक्रम ल्याएर मादीको विकासमा सक्रिय हुने गुरुङले बताए।

जनताको पीडा र हाँसो दुवै बखत आफू साथमा हुने गुरुङले बताए । मादीको पदयात्रा पर्यटनमा थप विकासका योजना ल्याउने उनले सुनाए। आफूसँग भिजन भएका नेतृत्वको एमालेको टिमबाटै मादीमा विकास निर्माण सम्भव भएको गुरुङको जिकिर छ। ‘एमाले नै विकास निर्माण गर्ने पार्टी हो भन्ने बनाउन अघि बढेका छौँ,’ गुरुङले भने, ‘मैले जितेमा मादीबासीको मत खेर जाँदैन। अपवित्र गठबन्धनलाई टुक्राएर, धमिल्याएर म नेतृत्वको टिम मादीको विकासमा लाग्छ।’
गाउँमा एमालेको लहर देखेर गठबन्धन कमजोर भइसकेको अध्यक्षका उम्मेद्वार गुरुङको टिप्पणी छ। ‘गाउँ एमालेमय छ। यो संकेतले गठबन्धनको मुटु भइँमा खसिसकेको छ,’ उनले भने, ‘१२ वटै वडाका साथीहरु अपवित्र गठबन्धनको मुटु भइँमा खसेर कमजोर भएकाले निर्धक्क साथ जनताको घरमा गएर एमालेका योजना बुझाउँछौँ र मत माग्छौँ।’
नेकपा (एमाले)बाट मादी १ मा उमरबहादुर गुरुङ, २ मा एकजंग गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा शिवप्रसाद सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा डिलबहादुर क्षेत्री, ७ मा रामप्रसाद गुरुङ, ८ मा प्रेमबहादुर गुरुङ, ९ मा मनोजकुमार गुरुङ, १० मा रामराज सुवेदी, ११ मा सिंहमान तामाङ र १२ मा प्रकाश बराल एमालेबाट उम्मेद्वार छन्। मादीमा शुक्रबारदेखि घरदैलो कार्यक्रम गर्ने एमालेको तयारी छ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’