उमेश थापा: ‘३० वर्षको राजनीतिक अनुभव, आफ्नै गाउँठाउँ त्रिपुरासुन्दरी बनाउने अभियान’

उमेश थापा: ‘३० वर्षको राजनीतिक अनुभव, आफ्नै गाउँठाउँ त्रिपुरासुन्दरी बनाउने अभियान’

Umesh Thapa (2)

३० वर्षदेखि राजनीतिमा क्रियाशील युवा नेता उमेश कुमार थापा नेकपा एमालेको तर्फबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार छन् । भूगोल बुझेका त्यागी नेताको पहिचान बनाएका थापाले २०७४ को स्थानीय निर्वाचनमा सहमतिको लागि बाटो खाेलेका थिए । अहिले एमालेले थापालाई प्रमुखकाे टिकट दिएकाे हाे ।

निरन्तर राजनीतिमा मात्र जीवन अर्पण गर्दै आफ्नो गाउँठाउँ बनाउने हेतुले यो पटक गाउँपालिका प्रमुखमा थापा होमिएका छन् । परिवारभन्दा माथि उठेर समाज र राजनीति मात्र सोचेर अघि बढेका थापा स्वयं युवा र हरेक कोणबाट योग्य भएकाले गाउँपालिका प्रमुख बनी गाउँ बनाउने अभियानमा अघि बढेका हुन् ।

‘ईमान्दार र आदर्श व्यक्तित्व, त्रिपुराबासीले रूचाएकाे नेतृत्व’ नाराका साथ चुनावी अभियान सुरू भइसकेकाे छ । पार्टीमा एकमत सिर्जना गरी सबैलाई समेट्दै अघि बढ्ने क्षमता बोकेका थापा एमाले बाहेकका दलका समर्थकले पनि उत्तिकै रुचाइएका पात्र हुन् । मुलपानी, पोखरास्थित महेन्द्रोदय माविमा २०४८ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटि अध्यक्ष भएर राजनीतिमा अघि बढेका थापाले तीन दशकको राजनीतिक अनुभव बटुलिसकेका छन् ।

अनेरास्ववियु धादिङ क्षेत्र नं. १ का अध्यक्ष, धादिङ जिल्ला कमिटिको विभिन्न पदमा रही अध्यक्ष, बागमती अञ्चल कमिटि सदस्य, राष्ट्रिय परिषद् सदस्य हुँदै केन्द्रीय कमिटिको सदस्यमा बसेर उनले विद्यार्थी आन्दोलन हाँकिसकेका छन् ।

यस्तै, नेकपा एमाले धादिङ काठमाण्डौ सम्पर्क मञ्चको सदस्य हुँदै सचिव, नेकपा एमालेका ईलाका कमिटि, क्षत्रीय कमिटी हुँदै जिल्ला कमिटीमा काम गरेको १८ बर्ष को अनुभव पनि युवा नेता थापासँग छ । मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा धादिङको अध्यक्ष भएर समेत सफल कार्यकाल बिताइसकेका छन् ।

एमालेको बागमती प्रदेश कमिटी सदस्य रहे । उनी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर सामाजिक सेवामा पनि अग्रसर रहँदै आएका छन् । भद्र र शालिन व्यक्तित्वका रुपमा चिनिने युवा नेता थापा सधैं अग्रमोर्चामा रहेर खटिँदै आएका छन् ।

उमेश कुमार थापा जिल्लामा लोकप्रिय नेताको रूपमा स्थापित छन् । सबैको कुरा सुन्ने तर कम बोल्ने प्रवृत्तिका थापाले आफूलाई त्रिपुराबासीले सहजै विजयी बनाउने विश्वास लिएका छन् ।

३० वर्षसम्म योगदानको तुलनामा अवसरबाट वञ्चित रहेका थापाले पार्टीका लागि त्याग गर्दै आएका छन् । अविछिन्न अविचलित रही पार्टीका निम्ति काम गर्दै आएका थापा पार्टीको कुशल संगठक हुन् ।

थापा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ बासी हुन् । वडा नं. ३ को अध्यक्षमा कमलबहादुर थापा उम्मेदवार छन् ।

त्रिपुरा सुन्दरी गाउँपालिकाको उपाध्यक्षमा संगीता कुमाल नेकपा एमालेको तर्फबाट उम्मेदवार छिन् । नेकपा एमालेले अल्पसंख्यक जाति, विपन्न तर सक्षम महिलालाई टिकट दिएर उदाहरणीय कार्य गरेको भन्दै अहिले धादिङ मात्र नभई देशैभर प्रशंसा भइरहेको छ ।

थप तस्वीरहरुः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds