पोखरा । अटेरी नामक अभियानबाट पोखरा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडकराज (गनेस) पौडेलले चाहेको चुनाव चिह्न ‘लौरो’ नै मिलेको छ । उनले शनिबार बिहानमात्रै उक्त चुनाव चिन्ह ईच्छा जनाएर प्रचारप्रसारमा लागेका थिए । यद्यपी, नियमानुसार बेलुकी ५ बजेपछि मात्रै आधिकारीक रुपमा निर्वाचन कार्यालयले चिन्ह प्रदान गरेका हो ।
पौडेलले निर्वाचन कार्यालयले बिहान १० बजे आफूहरुलाई चिह्न छनोट गर्न लगाएर दिउँसो दिन नसकिने भन्दै खबर दिएको जानकारी दिए लगत्तै आन्दोलित बनेका थिए । उनको समूहले मूख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि पुगेर दबाबमुलक प्रदर्शन गरेको थियो ।
मुख्य निर्वाचन अधिकृतक श्रीकृष्ण भट्टराईले आफूहरुको प्राविधिक त्रुटिका कारण पौडेललाई लौरो चिह्नको आश्वासन दिएकोे तर पोखराको हकमा दिन नमिल्ने निर्वाचन आयोगले परिपत्र पठाएको जानकारी दिएका थिए । अन्ततः उनलाई लौरो चिन्ह नै दिइएको छ ।
स्वतन्त्र उम्मेदवार बढी भएको ठाउँमा मात्रै लौरो चिह्न दिन सकिने तर, पोखरामा थोरैमात्रै स्वतन्त्र उम्मेदवार भएकाले उक्त चुनाव चिह्न दिन नसकिने गरी परिपत्र पाएको भट्टराईले जानकारी दिएका थिए । मतपत्रको वर्णानुक्रममा लौरो सातौं नम्बर भन्दा पछाडि छ । पोखरामा स्वतन्त्र उम्मेदवार २ जना मात्र छन् । पोखरामा स्वतन्त्र उम्मेदवार ७ भन्दा बढी संख्यामा भए लौरो चुनाव चिह्न दिन सकिने अवस्था रहेको उनको भनाई थियो ।
वर्णानुक्रम ७ भन्दा पछिका चुनाव चिह्न बाँड्दा आवश्यकताबिनै ठूलो संख्यामा मतपत्र छाप्नुपर्ने र त्यसले असर पार्ने मूख्य निर्वाचन अधिकृतको भनाई अन्यथा होइन । तर, पोखरामा मेयरका उम्मेदवार पौडेलले निर्वाचन कार्यालयले गल्ती गरेकाले आफूले अर्को चुनाव चिह्न नलिने अडान राख्दै आन्दोलित नै बनेपछि लौरो चिन्ह नै दिन बाध्य भएको छ ।
पौडेलले दलीय दादागिरीका कारण आफूले पाएको चुनाव चिन्ह लौरो खोस्न लागेको बताएका थिए । अटेरी आन्दोलनबाट त्रसित भएर राजनीतिक दलहरुले षड्यन्त्र गरेको र त्यसमा निर्वाचन आयोग फसेको पौडेलको आरोप थियो । उनले निर्वाचन अधिकृतको कार्यालयले गरेको व्यवहारले निष्पक्ष चुनाव हुनेमा आशंका उत्पन्न भएको बताएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयको गेटबाट उनले भने– ‘हामीमाथि धोका भएको छ । हाम्रो अपमान हुने काम भएको छ । हामीलाई सुरुमा चुनाव चिन्हको सूचीबाट किन छान्न लगाइयो ? पछि किन हटाउन खोजियो ? हामीमाथि एमालेले षड्यन्त्र गरेको छ । गठबन्धन दलले षडयन्त्र गरेको छ । हामी लौरो चिन्ह नलिई छोड्दैनौँ ।’
यसरी प्रश्न नै उठेपछि लौरो चिन्ह नै दिइएको छ । सिष्टम बसाउन अटेरी अभियान सुरु गरेको भनेका यी अभियानकर्मीहरुले प्राविधिक कुरामाथि षड्यन्त्र देख्दै आन्दोलित भएपछि अटेरी अभियानप्रति नै औंलो ठड्याउने पंक्ति पनि देखिएका छन् ।
काठमाण्डौमा स्वतन्त्र उम्मेदवार बालेन शाहको पनि लौरी नै चुनाव चिन्ह रहेको छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’