पोखरा। नेकपा एमाले वडा नं -१५ को घरदैलो कार्यक्रम आइतबार पनि जारी रहेको छ। बिहानी सूर्योदयसँगै उम्मेदवारसहित नेता तथा कार्यकर्ताको टोली मतदाताको घर- घर पुगेका छन्। आजको घरदैलो कार्यक्रम वडाको तल्लो भेक टुटुङ्गा, अमिनतारा र बन क्याम्पसको पछाडी ठाँटिपाटन, नागवेली टोल लगायतका एरियामा सम्पन्न भएको छ। घरदैलोका लागि पुगेको टोलीलाई स्थानीयले स्वागत गरेका थिए। उनीहरुले अत्याधिक बहुमत प्राप्त गरी बिजयी हुनु भन्दै उम्मेदवारलाई शुभकामना तथा आशिर्वाद दिएका थिए।

महिला सदस्य पदकी उम्मेद्वार सेतीमाया गुरुङले वडावासी मतदाताको हौसला र सकारात्मक प्रतिक्रिया पाएर यसपालीको निर्वाचनमा पनि एमालेका पाँचै उम्मेदवार विजयी हुने विश्वास व्यक्त गरिन्।
घरदैलो कार्यक्रमकाबीच केही मतदाताले सडक पहिलेको भन्दा राम्रो बनेको भएपनि अझ स्तरउन्नती गर्नुपर्ने माग उम्मेदवार समक्ष राखेका थिए। यस्तै, नागवेली टोलका स्थानीयले खानेपानीको समस्या रहेको र दैनिक खानेपानी किनेर खानुपर्ने अवस्था रहेको भन्दै तत्काल समाधानका लागि पहल गर्न उम्मेदवारसँग आग्रह गरेका थिए।

स्थानीयको समस्या मनन गर्दै वडा अध्यक्ष पदका उम्मेदवार तोरण बानियाँले आफूले विभिन्न क्षेत्रमा कर्म गरिरहेको बताउँदै आर्थिक रुपले मात्र सम्पन्न भएर नहुने भन्दै आफू जन्मिएको, आफूलाई चिनाएको र आफूलाई यो अवस्थासम्म पुर्याएको ठाउँका जनताका लागि राम्रो काम गर्नकै लागि सामाजिक क्षेत्र हुँदै राजनीतिमा लागेको प्रतिक्रिया दिए। उनले अब वडाका महिला दिदीबहिनी र बेरोजगार युवाहरुका लागि विभिन्न सीप, तालिम र स्वरोजगारका कार्यक्रम ल्याएर दक्षता अभिवृद्धि गरी आय आर्जनमा जोडिने बताए।

आफूहरु राम्रो वडा, हाम्रो वडा र व्यवस्थित नागरिक बसेको वडा बनाउने अभियानमा लागेको भन्दै बानियाँले अभियानलाई सफल बनाउन सूर्य चिन्हमा मतदान गरी निर्वाचित गराउन मतदातासँग आग्रह गरे।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस