पोखरा। नेकपा एमाले वडा नं -१५ को घरदैलो कार्यक्रम आइतबार पनि जारी रहेको छ। बिहानी सूर्योदयसँगै उम्मेदवारसहित नेता तथा कार्यकर्ताको टोली मतदाताको घर- घर पुगेका छन्। आजको घरदैलो कार्यक्रम वडाको तल्लो भेक टुटुङ्गा, अमिनतारा र बन क्याम्पसको पछाडी ठाँटिपाटन, नागवेली टोल लगायतका एरियामा सम्पन्न भएको छ। घरदैलोका लागि पुगेको टोलीलाई स्थानीयले स्वागत गरेका थिए। उनीहरुले अत्याधिक बहुमत प्राप्त गरी बिजयी हुनु भन्दै उम्मेदवारलाई शुभकामना तथा आशिर्वाद दिएका थिए।

महिला सदस्य पदकी उम्मेद्वार सेतीमाया गुरुङले वडावासी मतदाताको हौसला र सकारात्मक प्रतिक्रिया पाएर यसपालीको निर्वाचनमा पनि एमालेका पाँचै उम्मेदवार विजयी हुने विश्वास व्यक्त गरिन्।
घरदैलो कार्यक्रमकाबीच केही मतदाताले सडक पहिलेको भन्दा राम्रो बनेको भएपनि अझ स्तरउन्नती गर्नुपर्ने माग उम्मेदवार समक्ष राखेका थिए। यस्तै, नागवेली टोलका स्थानीयले खानेपानीको समस्या रहेको र दैनिक खानेपानी किनेर खानुपर्ने अवस्था रहेको भन्दै तत्काल समाधानका लागि पहल गर्न उम्मेदवारसँग आग्रह गरेका थिए।

स्थानीयको समस्या मनन गर्दै वडा अध्यक्ष पदका उम्मेदवार तोरण बानियाँले आफूले विभिन्न क्षेत्रमा कर्म गरिरहेको बताउँदै आर्थिक रुपले मात्र सम्पन्न भएर नहुने भन्दै आफू जन्मिएको, आफूलाई चिनाएको र आफूलाई यो अवस्थासम्म पुर्याएको ठाउँका जनताका लागि राम्रो काम गर्नकै लागि सामाजिक क्षेत्र हुँदै राजनीतिमा लागेको प्रतिक्रिया दिए। उनले अब वडाका महिला दिदीबहिनी र बेरोजगार युवाहरुका लागि विभिन्न सीप, तालिम र स्वरोजगारका कार्यक्रम ल्याएर दक्षता अभिवृद्धि गरी आय आर्जनमा जोडिने बताए।

आफूहरु राम्रो वडा, हाम्रो वडा र व्यवस्थित नागरिक बसेको वडा बनाउने अभियानमा लागेको भन्दै बानियाँले अभियानलाई सफल बनाउन सूर्य चिन्हमा मतदान गरी निर्वाचित गराउन मतदातासँग आग्रह गरे।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ