काठमाडौँ । कलाकारहरू भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।
पार्टीमा प्रवेश गराउदै प्रधानमन्त्री देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका छन् ।
भुवन र रविन्द्र एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । २०७० सालको निर्वाचनमा भुवन केसीले एमालेबाट काठमाडौँ १ बाट प्रत्यक्षतर्फ टिकट समेत पाएका थिए । तर, पार्टीमा कुनै योगदान नगरेको व्यक्तिलाई टिकट दिएको भन्दै नेता–कार्यकर्ताले विरोध जनाएपछि पार्टीले २४ घन्टामै उनलाई दिएको टिकट खोस्यो । त्यसपछि उनको एमालेसँग सम्बन्ध विक्षेद नै भएको थियो ।
पछिल्लो समय उनी राप्रपामा प्रवेश गर्न लागेको चर्चा चलेको थियो । उनले केही चरण राप्रपा अध्यक्षसँग छलफल समेत गरेका थिए । तर, भुवनले आउँदो संसदीय निर्वाचनमा समानुपातिक सांसद् बनाउनु पर्ने माग राखेपछि वार्ता भाँडिएको थियो । यसपछि उनी स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयर पदमा उठ्ने तयारीमा थिए । तर, पछि उनले उम्मेदवारी नदिने घोषणा गरे ।
यस्तै, पुराना अभिनेता रविन्द्र खड्का यसपटकको स्थानीय तहको निर्वाचनमा एमालेबाट काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा समेत गरेका थिए । तर, पार्टीले उनको उम्मेदवारी घोषणालाई अत्यन्त हलुका रुपमा लिएपछि उनले एमाले छाडेर नेपाली कांग्रेस रोजेका हुन् । उनी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत हुन् ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, निर्देशक नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए ।
सम्बन्धित खबर
बारामा गोली हानी भारतीय युवकको हत्या
आज विश्व पर्यटन दिवस मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
सर्वोच्चले सोध्यो : ‘बाबुराम भट्टराई र माधव नेपालमाथि किन मुद्दा चलाइएन ?’
माओवादी स्वास्थ्य विभाग सदस्य डा. दीपक कोइरालाले दिए राजीनामा
घर बनाउने क्रममा ढिस्कोले पुरिँदा १७ वर्षीय किशोरको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि