काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजित भएको छ । पार्टीको असन्तुष्ट पक्षको भेलाले चन्दलाई महासचिवबाट हटाएको छ ।
चितवनको पर्सामा चलिरहेको हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पक्षधर नेताहरूको राष्ट्रिय भेलाले चन्दलाई महासचिवबाट हटाएर बास्तोलालाई केन्द्रीय संयोजक तोकेको हो ।
यसअघि चन्दले वली र बास्तोलालाई पार्टीबाट निष्कासन गरेको घोषणा गरेका थिए । वली र बास्तोला पक्षको भेलाको निर्णयसँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी टुक्रिएको छ । वली र बास्तोला पक्षधरको भेलाले पालिका चुनावमा केन्द्रीय समितिको निर्णय विपरीत सहभागी भएको, एमसीसी पक्षधर एमाले र कांग्रेससँग चुनावमा गठबन्धन गरेको लगायतका विषयलाई लिएर चन्दलाई महासचिवबाट हटाएको जनाइएको छ ।
यस्तै भेलाले प्रवक्ताबाट खड्गबहादुर विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारीबाट हटाइएको छ । भेलाले नयाँ पार्टी गठन गर्ने तयारी समेत गरेको बताइएको छ ।
सम्बन्धित खबर
बिप्लव पुत्रको बिहे जनवादीः इन्गेजमेन्ट पार्टी प्यालेसमा, रिसेप्सन होटलमा
सवारी साधन निषेध गरेपछि इन्द्रजात्रा अवलोकन गर्न हिँडेरै पुगे भीभीआईपीहरू [तस्वीरहरू]
देवघाटमा नुहाउने क्रममा दुई युवक बेपत्ता
आज इन्द्र जात्रा, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
यी स्थानमा वर्षाको सम्भावना
सुन किन्ने बहाना बनाइ चोरी गर्ने ४ जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि