रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडानम्बर ९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यक्रताबीच झडप भएको छ। कांग्रेस कार्यकर्ताले माओवादीका पोष्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको हो।
आज बिहीबार बिहान भएको उक्त झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिंह खड्का चढेको गाडीमा तोडफोड भएको छ।
खड्काले प्रयोग गरेको रा१च १२६२ नम्बरको जिप तोडफोड भएको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेसले माओवादीको आक्रमणबाट बच्न प्रहरी चौकीमा गएका आफ्ना कार्यकर्ता प्रहरीकैअघि कुटिएको आरोप लगाएको छ।
बुधबारमात्रै तरुण दलका कार्यकर्ताहरूले वाईसीएल कार्यकर्ताको मोटरसाइकल रोकेर अभद्र व्यवहार गरेका थिए। त्यसै कारण दुई पार्टीका कार्यकर्ताबीच विवाद भएको हो।
कांग्रेस कार्यकर्ताले वडा कार्यालय र माओवादीका स्थानीय नेता चुडामणि बस्नेत र डिलबहादुर विकको घरमा तोडफोड गरेको, केराका बोट काटिदिएको, घरबाट लत्ताकपडा फालिदिएको माओवादीको आरोप छ।
कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार जनक विक, स्थानीय नेता बस्नेत र अर्का एक व्यापारीको मोटरसाइकल तोडफोड गरिदिएका थिए । विवाद बढ्दै गएपछि दुवैपक्षकाबीच हात हालाहाल समेत भएको हो।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन