प्रधानमन्त्री देउवाविरुद्ध चितवनको निर्वाचन कार्यालयमा उजुरी

प्रधानमन्त्री देउवाविरुद्ध चितवनको निर्वाचन कार्यालयमा उजुरी

Sher Deuba

चितवन। प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनको भरतपुरस्थित निर्वाचन कार्यालयमा उजुरी परेको छ। निर्वाचन आचारसंहिता उल्लङ्घनमा प्रधानमन्त्री देउवाविरुद्ध उजुरी परेको हो।

आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै उम्मेदवारको पक्ष विपक्षमा चुनाव प्रचार प्रसारमा सहभागी हुन नहुने व्यवस्था विपरीत भरतपुरमा कार्यक्रममा सहभागी हुन लागेको भन्दै उजुरी दर्ता भएको हो।

भरतपुरमा आज बिहीबार सत्ता गठबन्धनले चुनावी सभा गर्दैछ। सभालाई प्रधानमन्त्री शेरबहादुर देउवा समेतले सम्बोधन गर्दैछन्।

प्रधानमन्त्रीविरुद्ध नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा अधिवक्ता सुनिता अधिकारीले चितवनस्थित निर्वाचन कार्यालयमा उजुरी पेश गरेका हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ