मोरङमा मेयर उम्मेदवारको गाडीमा आगजनी

मोरङमा मेयर उम्मेदवारको गाडीमा आगजनी

Gadi-aagjani-Belbari-Morang

विराटनगर । मोरङमा एक जना मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ।

बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो। प्रहरीका अनुसार बेलबारी–२ लालभित्तिस्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार बिहानपख करिब २ बजे आगजनी भएको हो।
तत्काल आगो नियन्त्रण हुँदा गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए।

प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई पक्राउ गरेको छ।

पक्राउ परेका पाण्डे कांग्रेसका स्थानीय कार्यकर्ता हुन्। सीसीटीभी क्यामेरा फुटेजका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ