‘त्यसै हिँड्न लाको हैन देशै छाडेर’ [भिडियोसहित]

‘त्यसै हिँड्न लाको हैन देशै छाडेर’ [भिडियोसहित]

deshai chhoder

देश निर्वाचनमय छ । युवाहरु दलका सभासम्मेलन, चुनावी घरदैलोमा उम्मेदवारसँग व्यस्त छन् । तर, एकथरी युवा हेर्न भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुग्नुपर्छ । उनीहरुलाई एउटै चिन्ता छ, आफ्नो भविष्यको, आफ्ना परिवारको भविष्यको । अध्ययनका लागि देश छाड्ने युवायुवतीको कुरा त बेग्लै हो । त्यो भन्दा बढी संख्या छ, आफ्नो परिवार र सन्तानको भविष्यका लागि देश छाड्नेको ।

यही दुःखको वेदना र गरीव नेपालीको जीवनलाई टपक्कै टिपेर गायक राजकुमार बानियाँले नयाँ गीत सार्वजनिक गरेका छन् त्यसै हिँड्न लाको हैन देशै छोडेर । जुन गीत र भिडियोले दुःख र समस्यामा परेका नेपाली युवाहरुको जीवनभोगाईलाई दुरुस्तै उतारेको छ ।

राजकुमारले यो गीतलाई आफ्नो महत्वपूर्ण सिर्जनाको रुपमा लिएका छन् । राजकुमारले आफ्नै धादिङे चेली लक्ष्मी खड्का र दाइ सुरेश बानियाँको साथमा गीत निकालेका हुन् ।

गीतको शब्द र संगीत पनि राजकुमारकै छ । संगीतमा दाइ सुरेश र शब्दमा भाइ राजनको पनि साथ मिलेको छ । श्यामश्वेत रसाइलीले उत्कृष्ट संगीत संयोजन गरेका छन् । प्रिज्म स्टुडियोका कमल, किरण, गोविन्दले पनि सहयोग गरेका छन् ।

उत्कृष्ट कलाकार गौरव पहारी, मोडल करिश्मा ढकालका साथै राजकुमार स्वयं, दीपक पाण्डे, राजन बानियाँ, सुमित्रा कार्की बानियाँ भिडियोमा देख्न सकिन्छ । कथा निर्देशन राजकुमारकै हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds