विप्लवको पार्टी फुटाएर बनायो नेकपा (बहुमत) पार्टी

विप्लवको पार्टी फुटाएर बनायो नेकपा (बहुमत) पार्टी

dharendra

काठमाडौँ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी औपचारिकरुपमा विभाजन भएको छ।

चितवनको पर्सामा विप्लवसँग असन्तुष्ट पक्षले तीन दिनसम्म गरेको भेलाले पार्टी नाम नै परिवर्तन गर्दै छुट्टै नवौं महाधिवेशन आयोजक समिति निर्माण गरेको छ।

भेलाले धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय नवौं महाधिवेशन आयोजक समितिको गठन गरेको छ। नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (बहुमत) राखिएको छ।

भेलाले राजनीतिक दस्तावेज पारित गरेको छ। पार्टीको कार्यदिशा ‘बैज्ञानिक समाजवादी क्रान्ति’ तय गरेको संयोजक बास्तोलाले बताए।
भेलाबाट स्वाधिन संयुक्त सरकार कार्यनीति पास समेत गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ