सुर्खेत । सुर्खेतमा कांग्रेस र एमालेले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा आगजनी भएको छ।
वीरेन्द्रनगर नगरपालिका– ६ मा पर्ने मुख्य राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले शुक्रबार राती आगजनी गरेको हो।
जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कर्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२–००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो।
२ बजे स्कार्पियो र साढे २ बजे मिनीबसमा आगजनी भएको प्रहरीले जनाएको छ।
नजिकै पर्ने मंगलगढी चोकमा ड्युटी बसेको प्रहरीले आगलागी भएको खबर गरेपछि नगर प्रहरी आएर आगो नियन्त्रणमा लिएको थियो।
आगलागीबाट स्कर्पियोको टायर र बाहिरी बडीमा क्षति भएको छ भने मिनीबसको सिसा र भित्र सिटहरुमा क्षति भएको छ।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
सम्बन्धित खबर
अन्तर्राष्ट्रिय विमान कम्पनीले पोखरामा उडान अनुमति माग्दा सरकारले दिएन: महासचिव पोखरेल
भ्रष्टाचार अनुसन्धानको सुइरो पूर्वप्रधानमन्त्रीको श्रीमतीतर्फ घुम्दा सरकार चुप: पृथ्वीसुब्बा गुरुङ
नेशनल पेमेन्ट गेट-वे प्रकरणमा बहालवाला सचिवसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रास्वपाले बहिष्कार गर्यो प्रधानमन्त्रीले बोलाएको बैठक
पोखरामा चीनबाट सोझै हवाई उडान गर्ने छलफल भएकाे छ : प्रधानमन्त्री
एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, सचिवमा सिलवाल १ मतान्तरले विजयी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल