बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गलत प्रवृत्तिविरुद्ध वर्तमान गठबन्धन बनेको बताएका छन्।
ओलीले जथाभावी संसद भंग गर्ने र मनोमानी गर्न थालेपछि नै लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन बनेको उनको भनाइ थियो।
शनिबार बुटवलमा आयोजित सत्ता पक्षीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अहिलेको संविधानले कसैलाई पनि जथाभावी संसद विघटन गर्ने छुट नदिएको बताएका हुन्।
आफ्नै पार्टीभित्रको विपक्षी समूहले विरोध गरेकै भरमा पूर्व प्रम ओलीले संसद विघटन गरेको स्मरण गराउँदै देउवाले भने, ‘ओलीले ठूलै अत्याचार गरेपछि अहिलेको गठबन्धन बनेको हो। विरोध सहन नसकेर जथाभावी संसद भंग गरे। यसरी जथाभावी गर्नलाई संविधानमा व्यवस्था नै छैन।’
उनले आफूहरु सरकारमा आएपछि पनि पुनर्स्थापित संसदलाई ओलीकै पार्टीले चल्न नदिएको पनि बताए।
ओलीको पालामा जनता, कर्मचारी, पुलिस सबैलाई थर्कमान पारिएको भन्दै उनले आफ्नो सरकार आएपछि भने जनताले सुखको स्वास फेर्न पाएको जिकिर गरे।
यस्तै अहिलेको सरकार बनेपछि विदेशी सहायता र अनुदान बढेको देउवाको दाबी छ। उनले भने, ‘हामीले ऋण लिएर विकास गर्ने होइन, अनुदान लिएर हो । अहिले शक्ति राष्ट्रको अनुदानका सहयोग बढेको छ।’
सम्बन्धित खबर
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
कांग्रेस फुट्ने जोखिम बढ्यो, देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा
सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’
सुदूरपश्चिम पुगेका पूर्वाधारमन्त्री सुनिल लम्साललाई ज्वरो आएपछि हेलिकप्टरबाट काठमाण्डौ लगियो
जेनजी आन्दोलनको सहिदका परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण ऋण
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ