पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष पदका उम्मेदवारसँग साक्षात्कार गरिएकाे छ । नदीपुरस्थित सूर्योदय क्लबले वडाध्यक्ष पदका उम्मेदवारहरू नेकपा एमालेका विष्णु शंकर ख्वाउँजू, नेपाली कांग्रेसका प्रकाशमान उदास र स्वतन्त्र उम्मेदवार महेश उदासलाई एकै स्थानमा भेला पारी आफ्ना एजेण्डा तथा प्रतिवद्धता व्यक्त गराएकाे हाे ।
कार्यक्रममा नेकपा एमालेका उम्मेदवार विष्णु शंकर ख्वाउँजूले सुशासनका लागि हेल्प डेस्क राख्ने, पञ्चशीलको प्रवर्द्धन गर्ने, चौमासिक प्रतिवेदनको प्रतिलिपि सम्बन्धित निकाय र अख्तियार अनुसन्धान आयोगमा पठाउने, टोल विकास समितिमार्फत विकासका काम गर्ने बताए । उनले बृद्धभत्ता घरघरमा पुर्याउने, बालबालिकाका लागि छुट्टै कक्ष वडा कार्यालयमा छुट्ट्याउने, नारी सेवा केन्द्रमा चार तले भवन बनाउने योजना सुनाए ।
कार्यक्रममा नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान उदासले खेलकुद, वातावरण र शिक्षालाई प्राथमिकतामा राखी सर्वपक्षीय विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले सार्वजनिक सुनुवाइ नियमित गर्ने, वृद्धभत्ता र स्वास्थ्य सेवालाई विशेष व्यवस्था गरिनेमा जोड दिँदै शासन र प्रशासन सुधार्ने अभिमत जाहेर गरे ।
त्यसैगरी, महेश उदासले वडामा २०० मिटरको फरकमा सीसीटीभी जडान गरिने, नदीपुरतर्फ जमिन भासिने समस्या धेरै भएकाले विपद् व्यवस्थापन कोष खडा गर्ने, सांस्कृतिक विकास गर्ने, निःशुल्क वाइफाइको सुविधा दिने बताए । उनले नियमित स्वास्थ्य शिविर गर्ने, वृद्ध भत्ता सहज बनाउने, पारदर्शी र भ्रष्टाचारमुक्त शासन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्वतन्त्र व्यक्तिले जित्न गाह्रो तर असम्भव भने नभएको धारणा प्रकट गरे ।
कार्यक्रममा तीनैजना उमेदवारसँगको सहजीकरण पत्रकार शंकर तिवारीले गरेका थिए । राजकुमारी भुजेल, सरिता पंगेनी, जगदीश पराजुली, भूपालजंग कुँवर लगायत २० बढी स्थानीयले उम्मेदवारहरूलाई प्रश्न सोधेका थिए । क्लवकी सचिव यशोदा गौतमले क्लवले विविध विषयमा यस्ता अन्तरक्रिया कार्यक्रम आगामी दिनमा पनि गर्ने बताइन् ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’