काठमाडौँ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका चार जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी हुन्।
नेपाल प्रहरीले उपलब्ध गराएको ११ वैशाखदेखि २६ वैशाखसम्मको तथ्यांकअनुसार विभिन्न जिल्लामा गरेर चार जना म्यादी प्रहरीको मृत्यु भएको हो।
ड्युटीमा खटिएकाहरुमध्ये ललितपुर, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक–एक जना म्यादी प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–६ पिपलडाँडाका दुर्गासिं बस्नेतको भीरबाट लडेर मृत्यु भएको थियो। नुवाकोटमा खटिएका योगेन्द्र न्यौपानेको पनि दुर्घटनामा मृत्यु भएको थियो। यसैगरी हुम्लामा डेरा गरी बस्दै आएका सर्केगाड गाउँपालिका–६ का जसबहादुर रोका सुतेकै अवस्थामा मृत भेटिएका थिए । सिन्धुपाल्चोककी अनिता भट्टराईले ललितपुरमा विष सेवन गरी आत्महत्या गरेकी थिइन्।
त्यस्तै झडपमा परी २३ जना म्यादी प्रहरी र १६ जना जनपद प्रहरी गरी ३९ जना घाइते भएका छन्। घाइते हुनेमा प्रदेश १ मा चारजना, मधेश प्रदेश र बागमती प्रदेशमा ६/६ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक एकजना म्यादी घाइते भएका छन्।
त्यस्तै सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा दुईजना, गण्डकी प्रदेशमा चारजना गरी १६ जना प्रहरी घाइते भएका छन्।
सरकारले निर्वाचन सुरक्षामा खटिएको बेला ज्यान गुमाएका म्यादी प्रहरीका परिवारलाई प्रतिमृतक २० लाख रुपैयाँको दरले राहत दिने निर्णय गरेको छ। आत्महत्या गरेकाको हकमा भने राहत उपलब्ध हुने छैन।
निर्वाचन सुरक्षाको क्रममा घाइते भएका सुरक्षाकर्मी उपचार पनि राज्यले नै गर्दै आएको छ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु