काठमाडौँ । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु भएको छ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुखका लागि उम्मेदवारी दर्ता गरेकी शुभावती कुर्मीको निधन भएको छ।
निवर्तमान उपप्रमुख समेत रहेकी उनलाई हृदयघात भएको थियो। कुर्मीको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा सोमबार राति १ बजे मृत्यु भएको हो।
यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका लागि एमालेबाट उम्मेदवारी दर्ता गरेका लवरु चौधरीको पनि निधन भएको छ।
चुनाव प्रचारकै क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि २ पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो। त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको शिक्षण अस्पताल भर्ना गरिएको थियो।
गएराति उनको मृत्यु भएको हो। तुलसीपुरको बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित थिए। उनले यसअघि वडा नम्बर १७ को वडा सदस्य भएर काम गरेका थिए।
आयोगले वैशाख ३० मै ती स्थानीय तहमा चुनाव गर्ने वा पछि गर्ने भन्नेबारे निर्णय गर्न बाँकी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?