गोरखामा कांग्रेसद्वारा माओवादी कार्यकर्ता कुटिए

गोरखामा कांग्रेसद्वारा माओवादी कार्यकर्ता कुटिए

kutpit-jhagada

गोरखा । गोरखामा नेकपा माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट भएको छ।

अजिरकोट गाउँपालिका–१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएको हो।

उनीहरूको जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

होटलमा खाना खाइरहेको अवस्थामा आफूहरूमाथि कुटपिट भएको पीडितको आरोप छ।

कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरुमाथि आक्रमण गरेको दाबी माओवादीले गरेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ