पोखरा । पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चयन गर्न देशभर मतदान सुरु भएको छ। देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ। मतदान साँझ ५ बजेसम्म जारी हुनेछ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ।
कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन।
उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गराएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ।
यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन्। जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन्।
निर्वाचनका लागि शान्ति सुरक्षा कडा बनाइएको गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट मतदान गर्दैछन्।
आजै मतगणना सुरू गर्ने निर्वाचन आयोगको तयारी छ।
सम्बन्धित खबर
करिब तीन किलो सुनसहित फिलिपिन्सकी ३० वर्षीया महिला पक्राउ
पोखरामा चीनबाट सोझै हवाई उडान गर्ने छलफल भएकाे छ : प्रधानमन्त्री
होस्टेलको खाटमा झुण्डिएको अवस्थामा ८ वर्षीय बालक मृत फेला, आफन्तले लगाइदिए स्कूलमा आगो
आजदेखि सोह्र श्राद्ध शुरु
आज देशभरको मौसम कस्तो रहन्छ?
एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित, सचिवमा सिलवाल १ मतान्तरले विजयी
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि