Gandak News
Our News Your Views

गोरखाको घ्याल्चोकस्थित मतदान केन्द्रमा झडप, प्रहरीले गर्‍यो हवाई फायर

गोरखा । गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकको ज्ञानमार्ग माविको मतदान केन्द्र ‘ख’ मा तनाव भएपछि प्रहरीले हवाई फायर गरेको छ।

मत खसाल्ने क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो।

झडपका क्रममा मतदानस्थलको बार पनि भत्किएको छ। विवाद पछि झण्डै एक घण्टा मतदान स्थगित भएको थियो । सर्वदलिय बैठकले विवाद मिलाएपछि केहीबेर अघिबाट मतदान प्रक्रिया सुचारु भएको छ।

अहिले सेना घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

लोड हुँदै ...