स्याङ्जा । स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ।
दुर्घटनामा मृत्यु हुनेहरु वालिङ नगरपालिका– १४ पञ्चमुल अर्खलबासका रहेका छन् । स्थानीय ६३ वर्षीया माया पुन, ९ वर्षीय प्रविण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरीकला कुँवर, ५० वर्षीया टेककला कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, २५ वर्षीया मुना कुँवर, ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मिना कुँवर र उमेर नखुलेकी फुलदेवी कुँवरको मृत्यु भएको हो।
यस्तै, उक्त दुर्घटनामा १२ जना घाइते भएका छन्।
घाइते हुनेमा चालक भुलबहादुर कुँवर, स्थानीय बेलमाया कुँवर, गौतमी थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर, सीता कुँवर पनि गम्भीर घाइते भएका छन्। उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ।
५५ वर्षका नेत्रबहादुर कुँवरको अवस्था भने सामान्य रहेको बताइएको छ। उनको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
वालिङ नगरपालिका–४ सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सडकबाट ५०० मिटर तल खसेर दुर्घटना भएको हो।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ