नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको राजीनामा माग गरेका छन् ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्ति खाएका डा. जगमान आफूलाई हराउन विपक्षी पार्टीका उम्मेद्वारलाई मत माग्दै हिँडेको भन्दै महेन्द्रले राजीनामा माग गरेका हुन् । मादी १० भाचोकमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै महेन्द्रले डा. जगमान आफूविरुद्ध लागेको आरोप लगाए ।
‘कांग्रेस र माओवादीको सरकार हुँदा होइन, नेकपा एमालेको सरकार हुँदा केपी ओली प्रधानमन्त्री हुँदा डा. जगमान गुरुङलाई राज्यमन्त्री सरहको सेवासुविधा दिएको थियो । महिनाको ६०/७० हजार तलब, भत्ता, गाडी र क्वाटर छुट्टै हुन्छ । त्यत्रो सेवासुविधा पाएका मान्छे मेरो विरुद्ध लागेर मलाई हराउनुभएको छ,’ उनले थपे, ‘नैतिकता छ भने उनले राजीनामा दिनुपर्छ । म उनको राजीनामा माग गर्दछु ।’
डा. जगमान केपी शर्मा ओलीको सरकार र कास्कीका रवीन्द्र अधिकारी संस्कृतिमन्त्री हुँदा २०७५ साल पुसमा उपकुलपति नियुक्त भएका थिए । मादी ३ याङ्जाकोटका डा. जगमानले कांग्रेस उम्मेद्वारलाई जिताउन चुनावी अभियान र मौन अवधिमा हिँडेकोमा मादीका एमाले नेता–कार्यकर्ता असन्तुष्ट बनेका हुन् ।
चुनाव हारे पनि आफू जनताको समस्या समाधान गर्ने विषयमा सक्रिय रहने महेन्द्रले बताए । ‘स्थानीय तह जे भयो भयो । प्रदेश र संघमा एमालेलाई जिताउनुस्, यहाँ अधुरा विकासका योजना पुरा गर्न यहाँबाट गएका एमाले सांसदले भिजन ल्याउने छौँ,’ उनले भने ।
मंगलबार सार्वजनिक मत परिणामअनुसार मादी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर