नीति तथा कार्यक्रम संसदमा पेस हुँदै

नीति तथा कार्यक्रम संसदमा पेस हुँदै

sanghiya-samsad

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि आज संसदमा आफ्नो नीति तथा कार्यक्रम पेस गर्दैछ।

दिउँसो ४ बजे बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले प्रस्ताव गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ।

सरकारको नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ।

नीति तथा कार्यक्रमका आधारमा आउँदो १५ गते बजेट संसदमा पेस हुनेछ।

सरकारले मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन गर्ने गरी कार्यक्रम तय गरेको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds