१२ कक्षाको परीक्षा समय परिवर्तन, बिहान ८ बजेदेखि हुने

१२ कक्षाको परीक्षा समय परिवर्तन, बिहान ८ बजेदेखि हुने

neb

काठमाडौं । जेठ १६ गतेदेखि हुने १२ कक्षाको परीक्षा समय परिवर्तन भएको छ।

यसअघि ११ बजेदेखि तोकिएको परीक्षा समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि तोकिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गरी परिक्षा समय परिवर्तन भएको जनाएको हो।

विभिन्न सरोकारवाला निकायको परामर्शका आधारमा परीक्षा समय परिवर्तन गरिएको बोर्डले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ