पोखरा । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले मूल्यवृद्धि फिर्ता लिन र पाठ्यपुस्तक अभावको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रमुख जिल्ला अधिकारीमार्फत शुक्रबार प्रधानमन्त्रीलाई पत्र पठाएर संगठनले पेट्रोलियम पदार्थ, खाद्यान्नको मूल्यवृद्धि र पाठ्यपुस्तक अभावबारे सरकारको ध्यानाकर्षण गराएको हो । अनेरास्ववियु कास्की जिल्ला अध्यक्ष विजय पौडेलले प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
मूल्यवृद्धि फिर्ता लिइ त्यसको दीर्घकालीन समाधान खोज्न संगठनले माग गरेको छ । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि देखाएर दैनिक उपभोग्य सामग्रीमा कालोबजारी भइरहेको तथा सार्वजनिक यातायातको भाडा अनियमित भइरहेको छ । तसर्थ खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीहरुको मूल्य नियन्त्रण गरी कालोबजारी अन्त्य गर्न र पटकपटक गरिएको मूल्यवृद्धि फिर्ता लिइ दीर्घकालीन समाधान खोज्न जोडदार माग गर्दछौ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

विद्यालय खुले पनि पाठ्यपुस्तक अभावले विद्यार्थीको अध्ययनमा असहज अवस्था सिर्जना भएकाले गम्भीर हुन अनेरास्ववियु कास्कीले सरकारसँग माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझाउन केन्द्रीय सदस्य सञ्जय पाैडेल, महेन्द्र उपाध्याय र अनुप लामिछाने, जिल्ला उपाध्यक्ष सन्तोष पोखरेल, सचिव विनय पराजुली, पृथ्वीनारायण क्याम्पस कमिटि अध्यक्ष विष्णु पाेखरेल, पाेखरा महानगर कमिटि सचिव शवनम सुवेदीलगायत विद्यार्थी नेता शुक्रबार प्रमुख जिल्ला अधिकारीकहाँ पुगेका थिए । आफूहरुले राखेका माग पुरा नभए संगठन कडा प्रतिवादमा उत्रने चेतावनी पत्रमार्फत सरकारलाई दिइएको छ ।
मूल्यवृद्धिपछि चरणबद्ध आन्दोलन सुरु गरेको र माग सुनुवाइ नभए विरोधलाई निरन्तरता दिने जिल्ला सचिव पराजुलीले बताए । पृथ्वीनारायण क्याम्पसअघि प्रदर्शन गरेर अनेरास्ववियु कास्कीले मूल्यवृद्धिको विरोध सुरु गरेको थियो । संगठनले जिल्लाभरका क्याम्पस गेटमा मूल्यवृद्धिको विरोधमा कालो ब्यानर टाँसेर र सरकारी गाडी चलाउन रोक लगाएर अनेरास्ववियुले मूल्यवृद्धिको विरोध गरेको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?